• १३ असोज २०८१, आइतबार

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो (फोटो फिचर)

blog

नारायणी नदीको चितवन र गैंडाकोट तर्फका बाढीका दृश्यहरु । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज २१ गते । नारायणी नदीले फेरि खतराको तह पार गरेको छ ।  बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको हो । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।

यस्तै, नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यसअघि बिहीवार खतराको तह पार गरेको थियो । अहिले नारायणी नदीको पानीको सतह बढेपछि गैंडाकोट तर्फका एक दर्जन घरहरु डुबानमा परेका छन् । चितवनको मेघौली क्षेत्रमा पनि डुबान भएको छ । पश्चिम चितवनको दिव्यनगर क्षेत्रका एक दर्जन घर परिवारलाइ सुरक्षित स्थानमा सारिएको चितवन प्रहरीले जानकारी दिएको छ ।