• १५ असार २०८१, शनिबार

चितवन राष्ट्रिय निकुञ्जको चाडपर्व विशेष सुरक्षा व्यवस्था

blog

निकुञ्जका कर्मचारी सुरक्षाकर्मी गस्ती गर्दै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल

चितवन, असोज १७ गते । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । बिदाको समयमा निकुञ्जका संरक्षित जनावरको चोरी सिकारी हुन सक्ने भन्दै विशेष सुरक्षा व्यवस्था गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । 

बिदाको समय भन्दै कानुन विपरीत कार्य गर्ने गिरोह सक्रिय हुने भएकाले हामीले विशेष सुरक्षा अपनाइएका हौँ उहाँले भन्नुभयो । सामान्य अवस्थामाभन्दा सुरक्षा पोष्टहरुमा थप सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

निकुञ्जको ५७ वटा सुरक्षा पोष्टहरुमा नेपाली सेना, कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जले जनाएको छ । त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ उहाँले भन्नुभयो, “कार्यालयमा अन्य कर्मचारीहरू पनि पालोमा मात्र घर बिदामा जाने गरी व्यवस्था गरिएको छ ।”  

निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत सौराहा, कसरा सेक्टर, गइमाडी र नवलपरासीको अमलटारी सेक्टर अन्तर्गत सुरक्षा पोष्टहरुबाट सुरक्षा गस्ती गरिएको छ । निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्ती लगायतका जनावरहरू रहेका छन् ।