• १३ असोज २०८१, आइतबार

जिपको ठक्करले श्रीमानको मृत्यु, श्रीमती घाइते

blog

भरतपुर, असोज १९ गते । चितवनमा जिपको ठक्करले श्रीमानको मृत्यु भएको छ भने उहाँको श्रीमती घाइते हुनुभएको छ ।  भरतपुर महानगरपालिका –२९ सेतीदोभानमा  नारायणगढबाट मुग्लिनतर्फ जाँदैगरेको बा १५ च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई मध्ये एकको मृत्यु भएको हो ।

पर्वतको महाशिला गाउँपालिका –५ का ४८ वर्षीय मित्रलाल पङ्गेनीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका उहाँको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा पङ्गेनी घाइते हुनुभएको छ । उहाँको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।