• १३ असोज २०८१, आइतबार

पर्यटकको हवाई उद्धार

blog

रसुवा, असोज २१ गते । हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ ।     

लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।     

डानेष्टी एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्याइएको उक्त एयरले जनाएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा पछारिएकी ती पर्यटकको नाडीमा ठक्कर लागेको जनाइएको छ ।     

रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरामी परी अत्तालिएको अवस्थामा हेलिकप्टरहरूले छिटोभन्दा छिटो उद्धार गर्ने गरेको पर्यटन व्यवसायी निसान गजुरेलले जानकारी भयो । पर्यटकको आगमन समय सुरु भइसकेका कारण हिमाली क्षेत्र रसुवाको गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रका पदमार्गमा रौनकता बढिसकेको पर्यटन व्यवसायीले जनाएका छन् ।