• १३ असोज २०८१, आइतबार

भद्रकालीमा सवारी पूजा गर्नेको भीड

blog

–फाइल फाेटाे

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज १८ गते । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडादशैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रास्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोइपखाली गाडी सर्भिसिङ गरिन्छ । 

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गरिएको हो ।


आजको दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् । 

विधिवत् रुपमा गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ । नवरात्रको महाअष्टमी÷नवमीमा औजारहरुको पूजा गरेमा औजारहरु वा साधनहरु धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।