• १५ असार २०८१, शनिबार

नारायणगढ मुग्लिन सडकको पहिरो पन्छाएर राजमार्ग सञ्चालन

blog

सांकेतिक तस्विर

वसन्त पराजुली

नारायणगढ,  असोज २०  गते । नारायणगढ मुग्लिन सडकको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको छ । 

राजमार्गमा खसेको लेदो माटोसहितको पहिरो पन्छाएर केहीबेर अघिदेखि राजमार्ग सञ्चालनमा ल्याइएको हो । 

सडकको १७ किलो र २१ किलोमा पहिरो खस्दा विहान ८ बजेर २० मिनेटबाट सडक अवरुद्ध भएको थियो । 

अहिले स्क्याभेटरको माध्यमबाट पहिरो पन्छ्याइए पनि वर्षा जारी रहेकाले कुनै पनि बेला पुनः पहिरो खस्न सक्ने भएकाले सचेत भएर यात्रा गर्न डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर राजिक मानन्धरले अनुरोध गर्नुभएको छ ।