• १३ असोज २०८१, आइतबार

एमाले पोलिटब्युराे सदस्य ढुङ्गेलको निधन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २२ गते । नेकपा (एमाले) का पोलिटब्युराे सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ । आज शनिबार उहाँको आफ्नै घरमा चिप्लेर निधन भएको उहाँका परिवारजनले बताएका छन् । 

काठमाडाैंकाे काँडाघारी बस्नुहुने नेता ढुङ्गेल घरमा एक्लै भएका बेला लडेर निधन भएको प्रारम्भिक अनुमान आएको परिवारका सदस्यले बताउनुभयो । घरमा एक्लै भएका बेला शौचालयमा लडेर निधन भएको जानकारी आएको छ उहाँका भाइ सरोज ढुङ्गेलले बताउनुभयो । 

नेता ढुङ्गेल लामो समयदेखि मिर्गौला तथा अन्य रोगबाट पीडित रहनुभएको परिवारका सदस्यले बताएका छन् । घरका सदस्यहरू टीका लगाउन बाहिर गएका बेला घरमा एक्लै हुँदा नेता ढुङ्गेलकाे शौचालयमा चिप्लेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको उहाँका भाइ ढुङ्गेलले जानकारी दिनुभयो । 

यसअघि माओवादी पार्टीमा रहनुभएका नेता ढुङ्गेल पछिल्लो समय एमाले प्रवेश गरी एमालेको गतिविधिमा सक्रिय रहनुभएको थियो । माओवादीमा रहँदा उहाँ संविधान सभा सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।