कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री
जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ ।
काम गुणस्तरहीन भएको भन्दै विभागको ध्यानाकर्षण
दमक नगरपालिकाको बजार क्षेत्रभित्रका विभिन्न स्थानहरूमा अण्डरग्राउण्ड ढल निकास आयोजना तथा सडक कालोपत्रे आयोजना सञ्चालनको क्रममा लापरबाही भएको भन्दै दमक नगरपालिकाले पुनः खानेपानी तथा ढल व्यवस्थापन विभागको ध्यानाकर्षण गराएको छ ।
बहुउपयोगी वनस्पति बिजयसाल संरक्षणमा जुट्दै स्थानीय
पछिल्लो समय बहुउपयोगी वनस्पतिका रूपमा रहेको बिजयसालको संरक्षणमा स्थानीय जुट्न थालेका छन् । चुरे शृङ्खलाको फेद र भावर क्षेत्रमा पाइने बिजयसाल जनचेतना अभावका कारण घाँस, दाउराका रूपमा प्रयोग हुँदै जान थालेपछि यसको संरक्षण गर्न स्थानीयले पहल थालेका हुन् ।
केरा पकाउने मेशिनले काम नगर्दा लाखौँको क्षति
झापाको झापा गाउँपालिका–३ स्थित साधना संस्कृति नमुना कृषि प्रालिको केरा पकाउने मेशिन राइपनीङ चेम्बरले काम नगर्दा यहाँ उत्पादित लाखौँको केरामा क्षति पुगेको छ ।
काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्णखोप सुनिश्चित घोषणा
काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन : महामन्त्री शर्मा
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गर्नुभएको छ ।
क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।
आर्थिक विकास सरकारको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
ट्रंकलाइन समस्याका लागि आयोग बनाउन माग
रुपन्देहीका उद्योगीहरूले यहाँको डेडिकेटेड र ट्रंकलाइनको समस्या अन्यत्रभन्दा फरक रहेको भन्दै छानबिनका लागि छुट्टै आयोग बनाउन माग गरेका छन् ।
नेवाद्वारा खानेपानी पहुँच विस्तार
म्याग्दीको मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ ।
पहिरोले कर्णाली राजमार्गको कालीकोट–जुम्लाखण्ड अवरुद्ध
लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि राजमार्गको कालीकोट खण्ड पूरै अवरुद्ध भएको हो ।
ट्रक दुर्घटनामा पाँच घाइते
रामारोशन गाउँपालिकाबाट काठ बोकेको हिँडिरहेको ट्रक सडक भासिदा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
व्यवस्थापन प्रणालीले वनमा नयाँ आयाम
वन व्यवस्थापन प्रणालीले नयाँ आयाम थपेको सामुदायिक वन उपभोक्ताहरूले बताएका छन् ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउँदा पुनरुत्पादन र जैविक विविधतामा सकारात्मक परिवर्तन भएको चर्चा गर्नुभयो ।
प्रदेश सभाको अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते आइतबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।
डेंगुबाट शिक्षिकाको मृत्यु
झापा हल्दिबारी–४ का ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।
सांस्कृतिक संस्थानमा दीक्षान्त
रामभजन कामतको लेखन र सबनम सिलवालको निर्देशन रहेको ‘शुभाशिष्’ नाटक मञ्चनसँगै सांस्कृतिक संस्थानबाट दीक्षित ३२ औँ ब्याचको बिदाइ भएको छ । सांस्कृतिक संस्थानबाट गीत/सङ्गीत, नृत्य, तबला वादन, नाटकमा प्रशिक्षण लिएकाको बिदाइ र नयाँ विद्यार्थीको स्वागत शुक्रबार गरिएको छ । शुभाशिष् नाटकमार्फत वैदेशिक रोजगारी र पढ्ने बहानामा विदेशिने नेपाली युवा स्वदेश नफर्कंदा गाउँ, समाजमा वृद्ध नागरिक मात्र बस्नु परेको वर्तमान परिवेशलाई प्रस्तुत गरिएको थियो । नाटकको सुरुवातमा आफ्ना सन्तान युरोप वा अन्य मुलुकमा पठाउन सकेकोमा गौरवसाथ छलफल गर्ने ज्येष्ठ नागरिक नै जीवनको अन्तिम घडीमा सन्तान मोहले धेरै पिरोलिएको दृश्य निक्कै कारुणिक ढङ्गले मञ्चन गरिएको थियो ।
सयभन्दा बढी ग्राहक कालो सूचीमा
नेपाल विद्युत् प्राधिकरण, दोलखा वितरण केन्द्रले गत एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको विद्युत् लाइन काटेको छ । गत आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म समयमै विद्युत् मह
जोखिमपूर्ण हवाई यात्रा
हवाई यातायातलाई यात्राका लागि सबैभन्दा सुरक्षित र भरपर्दो साधनका रूपमा लिइन्छ । आज संसारमा हरेक दिन हजारौँ किलो भारवहन क्षमताका जहाज घण्टौँ समय लगाएर हजारौँ माइलको दुरी पार गर्दै सुरक्षित रूपमा ओहोरदोहोर गर्दै आइरहेका छन् । पछिल्लो समय नेपालमा पनि हवाई यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । हवाई यात्रुको सङ्ख्या बढ्दै गएसँगै हाम्रा आन्तरिकतर्फका हवाई सेवाप्रदायक कम्पनी पनि जहाज भित्र्याउने प्रतिस्प
सिउँडी फल पाकेर राताम्मे बगैँचा
पाँचथरको हिलिहाङ–७ का किसानले लगाएको सिउँडी फल (ड्र्यागन फल) पाकेर त्यहाँका बगैँचा राताम्मे भएका छन् । यहाँका फणीन्द्र रिजाल र ओमनाथ रिजाललगायतका किसानले तीन वर्षअघि परीक्षणका लागि लगाउनुभएको ड्र्यागन फलको उत्पादन राम्रो भएपछि यसको व्यावसायिक उत्पादन गर्न थालिएको हो ।
भादगाउँ आसपासको दृश्य
तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडाबाट देखिएको भादगाउँ लगायत आसपासको दृश्य । दमौली सदरमुकामको नजिक रहेको यस ठाउँमा जनघनत्व बढ्दो छ ।
अर्धसत्य [कथा]
“तिमी जस्ती छौ, त्यस्तो म छैन, ससाना कुरामा घर छोडेर जान्छु भन्ने ?” “तपाईं कस्तो हुनुहुन्छ भन्ने सबै मलाई थाहा भइसक्यो,” नम्रता कराउँदै पल्लो कोठामा गइन् । केही बेरको शान्तिपछि पल्लो कोठाबाट सुँक्क सुँक्कको आवाज आयो । नमनले उनी भएको ठाउँमा गएर फकाउँदै भने, “तिमी पढेलेखेकी र केही बुद्धि पनि भएकी नारी होऊ । रुने काम कमजोर व्यक्तिको हुन्छ, तिमीलाई के कुरामा चित्त बुझेन मलाई
तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण
तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
खोला पार गर्दै गरेका चौँरी
जुम्लाको गुठिचौर गाउँपालिका–१ घाटस्थित घाट खोला पार गर्दै गरेका चौँरीहरू । यहाँ पशुपालनका रूपमा चौँरीलाई प्राथमिकता दिइएको छ ।
प्रकृतिको माया (कविता)
जरायो–गैँडा, खरायो, मृग, कस्तूरी खेलेको मुनाल–डाँफे, लुइँचे–तित्रा, कोइली बोलेको । गुराँस–बेली, चमेली फूल जहाँ छ फुलेको देखिन्छ त्यहाँ प्रकृति–छटा छर्लङ्ग खुलेको ।।