नेप्से परिसूचक ९४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।
मिडियाले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्छ : पूर्वमन्त्री चौधरी
पूर्वमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले सञ्चारमाध्यमले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्ने बताउनुभएको छ ।
सिमात खोलामा शव फेला
पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ पावसस्थित सिमात खोलामा एक पुरुषको शव फेला परेको छ ।
नेपाल पूर्वतयारी साझेदारी कार्यक्रमको तेस्रो चरणको कार्यक्रम कार्यान्वयन सुरु
विपद व्यवस्थापन र प्रतिकार्यसम्बन्धी संस्थागत संरचना, नीतिगत व्यवस्था र तीनै तहका सरकार एवम् निजी क्षेत्रबिचको सहकार्यमा नेपालले धेरै कार्यहरु गर्न सकेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
हेलिकप्टरबाट सुत्केरीको उद्धार
पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
ढुसीको प्रकोप पीडित पर्वतका किसानलाई निः शुल्क विषादी वितरण
ढुसीजन्य रोगको प्रकोपबाट पीडित बनेका यहाँका किसानलाई निः शुल्क औषधि वितरण गरिएको छ । यहाँका किसानले लगाएको धानबालीमा ढुसीजन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निः शुल्क विषादी वितरण गरिएको हो ।
धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध आन्दोलन
खानेपानी महसुल वृद्धिविरुद्ध धरानका जनप्रतिनिधि, राजनीतिक दल, र स्थानीयवासीले पुन: उपमहानगरपालिका घेराउ गरेका छन् ।
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ ।
ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै
शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई निकै सहज भएको छ ।
कर बढाएको विरोधमा ‘चुप आन्दोलन’
हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ का लागि राजस्वको दर वृद्धि गरेको प्रति आइतबार हेटौँडाका युवा व्यवसायीले उपमहानगरपालिकाको मूल ढोका अगाडि 'चुप आन्दोलन' सुरु गरेका छन् ।
डिभिजन वन कार्यालय बाँके उत्कृष्ट घोषणा
नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँके वन अपराध र नियन्त्रणमा लुम्बिनी प्रदेश भरिमै उत्कृष्ट घोषित भएको छ ।
कालीगण्डकी कोरिडोरको सडक एकतर्फी सञ्चालनमा
नवलपुरको गैँडाकोटमा पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी कोरिडोरको सडक एकतर्फी सञ्चालनमा आएको छ । वर्षातका कारण गैँडाकोट नगरपालिका–३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा
स्थानीय नागरिकलाई शुद्ध पानी पुर्याउने उद्धे श्यले गुल्मीको कालीगण्डकी गाउँपालिकाले खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
अर्चलेमा ‘महिनाको एक दिन श्रमदान’ अभियान
सामुदायिक कामका लागि श्रम संस्कृति हराउँदै जान थालेपछि निस्दी गाउँपालिका ६ नं. वडा कार्यालय अर्चलेले अभियान सुरु गरेको हो ।
फोनिजकाे २५ औं स्थापना दिवस
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ इलामले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ
झरीमा पोखरा साहित्यमय
सप्ताहान्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसास्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए ।
अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग
कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताउनुभयो ।
मिर्गौला उपचारका लागि जमुनालाई १५ लाख सहयोग
गल्याङ नगरपालिका–११ छापकी जमुना थापालाई उपचारका लागि रु. १५ लाख हस्तान्तरण गरिएको छ ।
मालेपाटन जोड्ने झोलुङ्गे पुल सञ्चालन
वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो ।
पहिरो पीडितलाई खानेपानी र विद्युतको समस्या
पहिरोले प्रभावित बागलुङको बडिगाड गाउँपालिका ९ र १० का विभिन्न बस्तीमा विद्युत सेवा र पिउने पानीको समस्या भएको छ ।
करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते
सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि सुनीता भुजेललाई
मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि फेसन डिजाइनर सुनीता भुजेलले जित्नुभएकाे छ ।
अवकाशप्राप्त उपसचिवको लोभलाग्दो फलफूल खेती
लहान–१६ का अवकाशप्राप्त प्राविधिक ऊर्जा उपसचिव शुकदेव चौधरी फलफूल खेती गरेर राम्रो आम्दानी मात्रै होइन,अन्य व्यक्तिहरूको लागि प्रेरणाको स्रोत बन्नु भएको छ ।
सिनेमाको इतिहास
नेपालमा धेरै भाषा बोलिन्छ । भाषा संरक्षणका दृष्टिकोणले पनि विभिन्न भाषामा सिनेमा निर्माण गर्ने गरिन्छ । नेपालमा नेपाली, नेवारी, तामाङ, गुरुङ, मगर, मैथिली, भोजपुरीलगायत थुप्रै मातृभाषामा सिनेमा बनेका छन् । सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलो सिनेमा सार्वजनिक गरिएको थियो । फ्रान्सका अगस्ट लुमियर र लुई लुमियर दाजुभाइले आफैँले निर्माण गरेको प्रोजेक्टरको सहायताले सिनेमा देखाएका थिए तर ती सिनेमामा अहिले जस्तो कुनै कथा, पटकथा र संवाद थिएनन्, मात्र दृश्य थियो । सन् १९२७ मा सिनेमामा पहिलो पटक आवाजको प्रयोग गरियो । सन् १९२७ मा अमेरिकामा