कोइरालाका दुई कृति सार्वजनिक
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइराला लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रह आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यी दुई कृति सार्वजनिक गर्नुभएको हो ।
अर्थमन्त्री र सचिवहरूबिच कार्यसम्पादन सम्झौता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबिच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्याङ्कनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिव र महालेखा नियन्त्रक सम्झौतामा उल्लिखित कार्यकम कार्यान्वयनमा खरो रूपमा उत्रिने विश्वास व्यक्त गर्नुभयो ।
कर्जामार्फत उद्यमशीलता सिर्जना गर्न तयार छौँ
निजी क्षेत्रको पहिलो नबिल बैङ्क लिमिटेडले चार दशकको यात्रा पूरा गरिसकेको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त पहिलो वाणिज्य बैङ्कले बैङ्किङ क्षेत्रप्रतिको आमधारणा परिवर्तन गर्दै सर्वसाधारणलाई बैङ्किङ कारोबारमा अभ्यस्त बनाउन भूमिका खेलेको छ । ब्यालेन्स सिटका आधारमा सर्वाधिक खुद नाफा कमाउँदै आएको बैङ्कको वितरणयोग्य मुनाफा पनि अरूको तुलनामा धेरै छ । पछिल्लो समय सर्वाधिक नाफा आर्जन गरेको बैङ्कको ४१ बर्से यात्रा, नेपालको बैङ्किङ व्यवसाय, नबिलको वित्तीय अवस्थालगायतका विषयमा प्रस्तुत छ, बैङ्कको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानासँग भेषराज बेल्बासेले गर्नुभएको कुराकानी :
कागजात अध्ययन गर्न समिति गठन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको दीर्घकालीन स्याहार केन्द्र सहायक श्रमिकका रूपमा नेपालबाट लैजान लागिएका श्रमिकको कागजात परीक्षणका लागि उच्चस्तरीय समिति गठन भएको छ । इजरायलमा केयर गिभरमा जानका लागि केही व्यक्तिले नक्कली कागजात पेस गरेको भन्ने उजुरी परेपछि श्रम मन्त्रालयका सहसचिव मेघराज रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
कारोबार र पुँजीकरण अहिलेसम्मकै उच्च
सेयर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ । उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको छ ।
दुई लाख बालबालिका आर्थिक काममा
नेपालमा ठुलो सङ्ख्यामा बालबालिका आर्थिक काममा संलग्न रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदनले छ महिनाभन्दा बढी समय आर्थिक गतिविधिमा करिब दुई लाख बालबालिका सक्रिय रूपमा संलग्न रहेको देखाइएको हो । १० देखि १७ वर्ष उमेर समूहका कुल ४६ लाख ६३ हजार बालबालिकामध्ये चार प्रतिशत अर्थात् करिब एक लाख ८६ हजार पाँच सय बालबालिका आर्थिक गतिविधिमा संलग्न रहेको पाइएको हो ।
दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील हुनु पर्छ
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील बन्नुपर्ने बताएका छन् । साउन २३ गतेदेखि जारी बैठकमा आइतबार बोल्ने नेताहरूले बङ्गलादेशको प्रदर्शन र सत्ता उलटफेरबाट नेपाल बेलैमा सचेत र संवेदनशील हुनुपर्ने बताएका हुन् ।
प्रस्तावित राजदूतको नाम सुनुवाइका लागि पत्राचार
विभिन्न देशको आवासीय राजदूतमा सिफारिसमा परेका १७ जनाको संसदीय सुनुवाइका प्रक्रिया अघि बढाउन सरकारले पत्राचार गरेको छ । मन्त्रीपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ । अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन ।
पूर्वमन्त्री र कलाकार जुवाखालबाट पक्राउ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित नौ जनालाई नेपाल प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, टेलिशृङ्खला ‘सक्किगोनी’ का कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा रहेको प्रहरीले जनाएको छ ।
गुणस्तरहीन स्यानिटाइजरको भुक्तानी दिनु नपर्ने
आपूर्तिकर्ताले आपूर्ति गरेको ‘स्यानिटाइजर’ गुणस्तरहीन रहेको भन्दै निर्वाचन आयोगले भुक्तानी दिन अस्वीकार गरेको मुद्दामा नेपाल मध्यस्थता परिषद्ले आयोगको पक्षमा फैसला गरेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा आयोगले कोभिड–१९ को सङ्क्रमणबाट बच्न मतदाता, मतदान अधिकृत र मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकका लागि दुई लाख ३० हजार बोतल ‘स्यानिटाइजर’ खरिद गरेर मतदान केन्द्रसम्म पु¥याएको थियो । सो परिमाणको स्यानिटाइजर ‘मेडी प्वाइन्ट’ नामक संस्थाले आपूर्ति गरेको थियो । जसका लागि आयोगले तीन करोड ९२ लाख ५९ हजार ६९२ रुपियाँ भुक्तानी गर्नुपर्ने थियो ।
मान्छेको औषधी खुवाएर हात्ती टिबीमुक्त
हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो । उपचार थालिएको चार वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताउनुभयो ।
साइकलबाट लडेर महिलाको मृत्यु
मध्यविन्दु नगरपालिका वडा नम्बर ४ मदनपुरको भित्रि सडकबाट शेरीतर्फ जाँदै गर्दा साइकलबट लडेर मध्यबिन्दु २ कि ४८ वर्षीया रामकुमारी महतोको मृत्यु भएको नवलपुर प्रहरीले जाएको छ ।
भरतपुर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।
महायज्ञबाट ८१ लाख सङ्कलन
विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिबासमा जारी ‘शिव पुराण महायज्ञ’बाट अहिलेसम्म ८१ लाख सङ्कलन भएको छ ।
कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र
हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण सङ्घर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
मनसुनजन्य विपदबाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ ।
माछा पोखरीमा डुबेर एकको मृत्यु
खोटाङमा एक वृद्धको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सालेका गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका ८४ वर्षका वेदि प्रसाद ढकालको पोखरीमा डुबेर मृत्यु भएको हो ।
युवालाई विश्वस्त पार्न वर्तमान गठबन्धन : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख सङ्कलन
रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख सङ्कलन गरिएको छ ।
दोलखा-सिँगटी सडक पहिरोले दुई सातादेखि अवरुद्ध
दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन मानिने मुख्य सडक दोलखा-सिँगटी सडक पहिरोले दुई सातादेखि अवरुद्ध भएको छ । सो सडक अवरुद्ध हुँदा उत्तरी क्षेत्रका तीन गाउँपालिकाका बासिन्दाको जनजीवन प्रभावित बनेको हो ।
नागरिकताभन्दा राहदानी लिने बढी
आर्थिक वर्ष २०८०-०८१ मा जिल्ला प्रशासन कार्यालय गोरखा र इलाका प्रशासन कार्याालय सिर्दिबासबाट नागरिकता लिने भन्दा राहदानी बनाउनेको सङ्ख्या ४ हजार ७० रहेको छ ।
भारतीय नियामक निकायद्वारा अडानी अनुसन्धानमा पूर्वाग्रहको दाबी अस्वीकार
भारतीय बजार नियामक प्रमुखले अमेरिकी सर्ट-सेलर फन्ड हिन्डनबर्ग रिसर्चको आरोपहरूलाई आइतबार अस्वीकार गर्नुभएको छ ।
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
जसपा नेपालको केन्द्रीय सजनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय तथा पार्टीको सङ्गठनबारे छलफल भइरहेको छ ।
पत्रकार महासङ्घको निर्वाचन सुनिश्चित गर्न प्रेस युनियनको आग्रह
नेपाल पत्रकार महासङ्घको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनले आग्रह गरेको छ। धुलिखेलमा बसेको प्रेस युनियन केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो आग्रह गरेको हो।