आजको मौसमः अधिकांश क्षेत्रमा भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
संसदीय छानबिन समिति,जेलमा रहेका शर्मासँग बयान
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ । विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारीको अपचलनमा मुद्दा परेपछि नख्खु जेलमा रहेका अध्यक्ष शर्मासँग समितिको बैठकमै ल्याएर सोधपुछ गरिएको हो ।
टिआरसी कार्यान्वयन चुनौतीपूर्ण
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक पारित भएर कानुन बनिसक्दा त्यसको कार्यान्वयन भने चुनौतीपूर्ण हुन सक्ने नेता र द्वन्द्वपीडितले बताएका छन् । गम्भीर मानव अधिकार उल्लङ्घनका पीडितहरूको राष्ट्रिय सञ्जालले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा बोल्ने वक्ताले ऐन निर्माणपछि आयोग बन्ने क्रममा सबैभन्दा चुनौती हुन सक्ने औँल्याएका हुन् । प्रमुख राजनीतिक दलको सहमतिमा टिआरसी विधेयक कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भइसकेको छ ।
ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छे
सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ तर एउटा विषालु सर्प हजारौँ मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ । त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबिच द्वन्द्व चल्ने गरेको छ । फलतः हजारौँ सर्प मान्छेबाट मारिन्छन् र सर्पको डसाइबाट बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ । सामान्यतः मान्छेले सर्पले डस्नुभन्दा पनि डस्छ र मरिन्छ भन्ने त्रासका कारण सर्पलाई मार्ने गरेको पाइन्छ । यो सर्प र मानवको शत्रुतापूर्ण अवस्था हो । धनुषाको धनुषाधाम नगरपालिका–५, किसानपुरका गणेश साहले भने सर्पसँग ‘मितेरी’ गाँस्नुभएको छ ।
पेरिस ओलम्पिक्सको अन्तिम दिन सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।
ज्येष्ठ नागरिकलाई सामूहिक सम्मान
स्याङ्जाको वालिङमा १५ ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका १५ ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
बस दुर्घटना हुँदा १३ जना घाइते
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेको मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का
सर्लाहीको बरहथवा नगरपालिका-८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित
जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ ।
विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर
विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ ।
‘राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ ।
‘बोरा’माथि बहस
पत्रकार एवम् आख्यानकार अखण्ड भण्डारी आज पोखरेली पाठकमाझ प्रस्तुत हुनुभयो । आफ्नो उपन्यास कृति ‘बोरा’माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचना गर्भ सुनाउनुभयो ।
उद्योगमन्त्री भण्डारीद्वारा श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन
उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले आज भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ ।
मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उद्योगमाथि कारबाही गर्ने भएको छ ।
कृषि फार्ममा क्षति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ । अन्नपूर्ण-२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाई कृषि तथा पशुपन्क्षी फार्ममा क्षति भएको हो ।
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गोसाईंकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि उक्त कुण्डमा स्नान गर्न भक्तजन यहाँ आउने गरेका छन् ।
मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम धार्मिक पर्यटनको केन्द्र बन्दै
शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’को रूपमा विकास हुन थालेको छ । मुक्तिनाथको झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरेपछि च्यवनधाम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको हो ।
‘जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बिचमा सहकार्य भएको बताउनुभएको छ ।
फूलबारी-बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा
नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।
३० करोड राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ ।
चार दिनमा ६४ लाख दान सङ्कलन
सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि बर्दिबासमा जारी शिव पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन भएको छ ।
नदी सरसफाइमा राजविराजका युवा सक्रिय
जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् । ‘सरसफाइ तपाईँको हातमा, हामी युवा तपाईँको साथमा’ भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका हुन् ।
लहानको उत्तरी भेगमा खानेपानीको समस्या समाधान हुँदै
लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १३, १६ र २४ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान हुने भएको छ ।