• १३ असोज २०८१, आइतबार

दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शन

blog

दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै प्रदर्शन । तस्बिर : रासस

काठमाडौँ, साउन २६ गते । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राज्यका हरेक निकायमा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा सहभागीले फलामे साङ्लो (जन्जिर) मा बाँधिएर दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । अभियानका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको सम्मानजनक सहभागिता हुनुपर्ने मागसहित प्रदर्शन गरिएको बताउनुभयो । प्रदर्शनमा ऐक्यबद्धता जनाउन डा.गोविन्द केसी, अधिकारकर्मी कमला हेम्चुरीलगायत नागरिक समाजका प्रतिनिधि माइतिघर मण्डला पुग्नुभएको थियो । रासस