रवीन्द्र उप्रेती
बर्दिबास, असार ३ गते । प्रहरीले यौन व्यापारमा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिबासस्थित स्नेहा होटलमा छापा मारी यौन व्यापार गरेको आरोपमा होटल सञ्चालकसहित पाँच जनालाई मङ्गलबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुई जना भारतीय ग्रहकसहित दुई जना महिला रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामा भारत विहारको सीतामढी जिल्ला मझपुरा १० का २५ वर्षीय राकेश बैठा र ३६ वर्षीय जयकरण बैठा, महोत्तरी रामगोपालपुर ८ र सिरहा लहानका दुई जना महिला तथा बर्दीबास ३ गौरीडाँडाका ३७ वर्षीय होटल सञ्चालक रामबहादुर तामाङ, रहेको इलाका प्रहरी बर्दीबासका डिएसपी विकाश बमले जानकारी दिनुभयो ।
बर्दीबास ३ गौरीडाँडास्थित बीपी राजमार्ग छेउको स्नेहा होटलमा विगत केही समयले अवाञ्छित गतिविध बढेको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक राजेश बर्तौलाको कमाण्डमा खटी गएको टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि बर्दीबास प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी बमले जनाउनुभयो ।