शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), पुष १४ गते । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो ।
कर्कलेस्थित कालसिंह जंगलमा अन्दाजी बिहाज करिब १० बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी ५०–५५ वर्षको हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको शव फेला परेको जानकारी दिनुभयो ।
उहाँ भन्नुभयो, ‘जंगलमा फेला परेको शव सडीगली नचिनिने अबस्थामा छ’ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा गई शवको प्रारम्भिक अनुसन्धान पश्चात् पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।