• ४ असार २०८२, बुधबार

फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय

blog

काठमाडौँ, असार ३ गते ।  श्रीमतीको नक्कली जागिर प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय चुनावमा पराजित फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई चार वर्षको जेल सजाय तोकेको छ । उहाँले अदालतबाट तोकिएको शर्त पूरा गरेको खण्डमा जेलमा बस्नुपर्ने छैन ।

फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो । उक्त पदमा रहँदा पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ रकम बुझेको देखिएको छ ।

अदालतले उहाँलाई तीन लाख ७५ हजार युरो (चार लाख ३३ हजार अमेरिकी डलर) जरिवाना र पाँच बर्ष निर्वाचनमा उम्मेदवारी हुन रोक लगाएको छ । यो सजाय सन् २०२२ मा सुनाइएको सजायभन्दा हल्का हो । 

सन् २०२२ मा उहाँलाई जेलमा बस्नुपर्नेगरी एक वर्षको सजायका लागि आदेश दिइएको थियो । फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर्ट अफ क्यासेसनले उक्त निर्णयलाई उल्ट्याउँदै नयाँ सजायको सुनुवाइको लागि आदेश दिएको थियो । सिन्हा