• ४ असार २०८२, बुधबार

हाम्रो सीपलाई विश्व बजारमा लैजानु पर्छ : मुख्यमन्त्री शाह

blog

सुदूरपश्चिम विश्वविद्यालयको वार्षिकोत्सवमा मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, असार ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्ने बताउनुभएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयको १६ औं स्थापना दिवसको अवसरमा आज महेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी र उत्पादन बढाउने शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

कृषि, पर्यटन, धार्मिक पर्यटन क्षेत्रको विकास र प्रवर्धन गर्ने विषयको विश्व विद्यालयमा अध्यापन हुन जरुरी रहेको मुख्यमन्त्रीको भनाइ छ । उहाँले सुुदूरपश्चिम विश्व विद्यालयलाई नमूना विश्वविद्यालय बनाउने उल्लेख गर्दै प्रदेश सरकारले विश्व विद्यालयलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा ४३ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।