प्रकृतिको माया (कविता)
जरायो–गैँडा, खरायो, मृग, कस्तूरी खेलेको मुनाल–डाँफे, लुइँचे–तित्रा, कोइली बोलेको । गुराँस–बेली, चमेली फूल जहाँ छ फुलेको देखिन्छ त्यहाँ प्रकृति–छटा छर्लङ्ग खुलेको ।।
दुई सामुदायिक वन रेडपान्डा संरक्षण क्षेत्र घोषित
इलाम नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेको छ । इलाम नगरपालिका–३, पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रलाई विश्वमै दुर्लभ रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
बलिरहेको आगो (कविता)
तिमी धिप्धिप् हुँदै निभ्न लाग्दा कसैले वास्तै गरेनन् म एउटै थिएँ, तिमीलाई सल्काउने र त अहिले तिमी मजाले बलिरहेका छौ
शिक्षाको ज्योति छर्ने माइला दाइ
इतिहासको दस्ताबेजीकरण वर्तमानका लागि मार्गदर्शन हो । नयाँ पुस्ताका लागि पदचाप पछ्याउने माध्यम हो तर नेपाली समाजका कैयौँ इतिहास अलिखित छन् । खोज, सोच र अन्वेषण नहुँदा कतिपय गर्विला इतिहास त्यसै हराएर गएका छन् । अग्रजहरूले समाजमा गरेका काम, सङ्घर्ष र सफलताका कथाहरू नयाँ पुस्ताले लेख्ने प्रयास नगर्दा इतिहासका डोबहरू मेटिने गरेका छन् । नेपालको समाज, राजनीति, परिवर्तनका कतिपय कालखण्डको दस्ताबेजीकरण नहुँदा, प्रचारप्रसार नहुँदा धेरै सादगी र इमानदार व्यक्तिहरू समाजमा ओझेल परेका छन् । दुर्गम र दूरदराजमा काम गरेका, उच्चकोटिको सोच भएका, बिनास्वार्थ समाज र त्यस समाजका सदस्यहरूलाई योगदान पु¥याएर कीर्तिमान बनाएका युगपुरुषहरूको योगदान विस्मृतिमा पुग्ने अवस्था हुँदा त्यसलाई स्मृतिमा ल्याउँदा त्यो उ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
ललितपुरको गोदावरी कुण्ड
ललितपुर गोदावरी नगरपालिका ३ को प्रख्यात पवित्र स्थल गोदावरी कुण्ड अर्थात् यसलाई तीर्थ स्थल पनि भनिन्छ। यो स्थल पाटनको लगनखेलदेखि करिब ११ कि मि पूर्व फुलचोकी पहाडको फेदीमा रहेको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थल निकै रमणीय रहेको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
पर्यटकीय स्थल तिम्बुङ पोखरी
अधिकांश लिम्बूभाषी विद्वान् एवं स्थानीय तिम्बुङवासीका अनुसार लिम्बू भाषामा बन्दुक पड्किएको आवाजलाई ‘तेम्बक’ भनिने हुनाले अपभ्रंश भएर तिम्बुकको अर्थ ‘बन्दुक पड्केको’ बोध हुन्छ । लिम्बू भाषामा ‘ते’ भनेको ‘बन्दुक’, ‘बुङ्’ भनेको ‘पड्किएको’ अर्थ अनुसार पोखरीभित्र समय समयमा बन्दुक पड्केको जस्तो आवाज सुनिएकाले नाम नै ‘तिम्बुक पोखरी’ रहन गएको भनिन्छ । त्यसै गरी कतिपय लिम्बूभाषी विद्वान्का अनुसार ‘तिम्बु’ भनेको ‘टिलपिल भरिएको’ भन्ने अर्थ बोध हुने भएकाले यो पोखरीको नाम तिम्बुङ पोखरी रहन गएको हो । करिब ४६६ मिटर लम्बाइ र १५४ मिटरदेखि दुई सय मिटरसम्म चौडाइ रहेको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि एक किलोमिटरभित्र नेपालको ताप्लेजुङ, पाँचथर जिल्लाको सिमानामा पर्छ ।
विज्ञान ज्ञाताको साहित्यिक मोह
८७ वर्षको उमेर चानचुने होइन । ललितपुर सानेपावरपर, बजारतिर होस् चाहे प्रभातकालीन हिँडाइमा होस् उहाँ भेटिनुहुन्छ सडकतिर । साथीभाइ भेट्ने क्रम यथावत् छ, अध्ययन र लेखन त छँदै छ । अनि भान्सामा पनि समय दिन उहाँ पछि पर्नुहुन्न, अघि सर्नुहुन्छ । वनस्पति विज्ञानका कुरा गर्नु प¥यो र सोध्न खोज्नेका लागि मात्र होइन काठमाडौँको संस्कृति र सम्पदाका बारेमा, समाजशास्त्रका बारेमा बुझ्न खोज्नेका लागि पनि उहाँको समय बित्ने गर्छ । जीवनको आधा उमेर अङ्ग्रेजीमा लेखेर बित्यो तर लेखन अनुसार नाम र पाठक त्यति कमाउनु भएन । विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ बनेर पुगेपछि साहित्यिक सम्बन्धले नेपालीमा
सोमरस के हो ?
हिजोआज मानिस सोमरस भन्नेबित्तिकै अर्को अर्थमा बुझ्ने गर्छन् र भन्ने गर्छन्, त्यस बेला देवताहरू पनि सोमरस पिउँथे । समाजमा नसालु पेयपदार्थलाई सहज रूपमा सोमरसको उपनाम दिई समाजीकरण गर्ने प्रयास गरिएको पाइन्छ, सायद त्यस्ता व्यक्ति जो नसालु पेयपदार्थका पारखी हुन्छन् । आखिर सोमरस के हो ? के साँच्चै देवताहरू सोमरस पिउँथे ? ऋग्वेदमा सोमरसको उल्लेखनीय चर्चा गरिएको पाइन्छ । ऋग्वेदको सूक्त २.१ मा उल्लेख गरिएको छ– हे प्रियदर्शी वायु, हाम्रो प्रार्थना सुनेर तिमी यज्ञस्थल आइदेऊ । तिम्रो निमित्त सोमरस तयार छ, यो पान गर भन्दै ऋषिहरूले वायुलाई प्रार्थना गरेका छन् । सूक्त २.४ मा लेखिएको छ– हे इन्द्रदेव, वायुदेव, यो सोमरस तिमीहरूकै लागि पेलेर र निचोरेर तयार गरिए
घोडा चर्दै
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित रिगताल क्षेत्रमा चर्दै गरेका घोडा । यहाँ खाद्यान्न ओसारपसार र यात्राका लागि घोडा प्रयोग गरिन्छ ।
पर्यावरण अभियन्तालाई चिन्ता
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा ८० बिघामा फैलिएको आँपका रुख फँडानी गरेर सौर्य प्लान्ट स्थापना गर्ने तयारी गरेपछि पर्यावरण संरक्षणका क्षेत्रमा कार्यरत सङ्घ संस्था तथा अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले ठुलो क्षेत्रफलमा रहेको आँपको बगैँचा फँडानी गर्दा पर्यावरण सन्तुलनमा क्षति पुग्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
विकलका समग्र कृति सार्वजनिक
नेपाली साहित्यका अमर सर्जक स्व. रमेश विकलका ग्रन्थ तथा फुटकर रूपमा प्रकाशित कृतिको एकीकृत सङ्ग्रह शुक्रबार सार्वजनिक गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा विकलका नाटक, कथा र उपन्यास विधालाई एकीकृत सङ्ग्रहका रूपमा ल्याइएको हो ।
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो ।
आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ ।
झुला खेल्दै ‘गुडिया’ को रमझम
बाँके, बर्दियालगायत तराई जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपञ्चमीलाई ‘गुडिया’ पर्वका रूपमा धुमधामसाथ मनाएका छन् । राकेशकुमार मिश्राका अनुसार यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । ‘गुडिया’ पर्वको दिन सो समुदायले घरपरिवार, आफन्त, टोलछिमेक सबै मिलेर विशेष धुमधामसाथ मनाउने गरेका छन् ।
व्यासासनबाट कृष्ण दमाईंको सन्देश
पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिनुभएको छ । बैतडीका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । यसअघि उहाँ कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण हुनुभएको थियो । उहाँ दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ । सो सन्दर्भमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफूलाई प्रेरणासमेत मिलेको आचार्य कृष्णले बताउनुभएको छ ।
इजरायल र लेबनानमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह
इजरायल र लेबनानका हिजबुल्लाह समूहबिच तनाव बढ्दै गएपछि दुवै देशमा रहेका नेपाली श्रमिकलाई सचेत रहन सम्बन्धित देशका नेपाली दूतावासले अनुरोध गरेका छन् । इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने इजिप्टको कायरो दूतावासले इजरायल र लेबनान पक्षबिच हुन सक्ने युद्धलाई ध्यानमा राख्दै सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको हो ।
झोलुङ्गे पुलमा पर्यटक
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्नेगरी कालीगण्डकी नदीमा निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक ।
बङ्गलादेशको आन्दोलनले आयातनिर्यातमा सामान्य प्रभाव
बङ्गलादेशमा जारी आन्दोलनले नेपालसँग हुने आयातनिर्यात व्यापारमा सामान्य प्रभाव परेको छ । आन्दोलन सुरु भएदेखि नेपालसँग मात्र होइन भारत र भुटानसँग हुने व्यापार प्रभावित भएको छ । बङ्गलादेशको नाका बङ्गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी हुँदा व्यापारमा प्रभाव भएको हो । बङ्गलादेशसँग नेपालबाट कम मात्र सामान निर्यात भए पनि ठुलो परिमाणमा आयात हुने गरेको छ । बङ्गलादेशमा लामो समयदेखि भएको आन्दोलनका कारणले आयातनिर्यातमा प्रभाव परेको छ ।
दसैँतिहारका लागि चिनी जोहोको तयारी
नेपाल सरकारले भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म/व्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको हो । यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोट गरी चिनी खरिद गर्न पत्राचार गरेको थियो । सरकारले तोकेको मापदण्ड अनुसार भारत सरकारबाट उपलब्ध गराइएको कोटाको चिनी महँगो दरमा खरिद गरेर बिक्री गर्न नसक्ने उद्योगीले भनेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले व्यवसायीमार्फत चिनी खरिदका लागि आह्वान गरेको छ ।
जिल्ला अदालतमा ३५ न्यायाधीश सिफारिस
न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३५ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । खुला प्रतिस्पर्धा र ज्येष्ठताका आधारमा नियुक्तिपछि रिक्त ३५ दरबन्दीमा शुक्रबार परिषद्ले नाम सिफारिस गरेको परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । निर्णय अनुसार नारायण रिमाल, यामबहादुर बानियाँ, रुद्रप्रसाद सुवेदी, धर्मराज पौडेल जिल्ला न्यायाधीशमा सिफारिस हुनुभएको छ । यस्तै टङ्कबहादुर महत, सुवर्णमान बनेपाली, तीर्थराज भट्ट, सरिता रायमाझी, प्रतिमाकुमारी भट्टराई पोखरेल, शिवप्रसाद पराजुली, लालसिंह थापा, शम्भुप्रसाद रेग्मी, दीपेन्द्रनाथ योगी पनि सिफारिसमा पर्नुभएको छ ।
द्रुत बसमा क्षमताभन्दा बढी यात्रु
रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको द्रुत बसले क्षमताभन्दा बढी यात्रु ओसारपसार गरिरहेको छ । ट्राफिक लाइटमा पनि रोक्न नपर्ने गरी एम्बुलेन्ससरहको सुविधा दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले संयोजन गरेका द्रुत बस क्षमताभन्दा बढी यात्रु लिएर गुड्छन् तर कारबाहीमा पर्दैनन् ।
बङ्गलादेशमा सद्भाव कायम हुने विश्वास
नेपाली कांग्रेसले बङ्गलादेशमा जारी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक हिन्दु, बौद्ध समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले पार्टीका तर्फबाट बङ्गलादेशको अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा व्यक्त गरिएको हो ।