• १२ असोज २०८१, शनिबार

जिल्ला अदालतमा ३५ न्यायाधीश सिफारिस

blog

काठमाडौँ, साउन २६ गते । न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३५ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । खुला प्रतिस्पर्धा र ज्येष्ठताका आधारमा नियुक्तिपछि रिक्त ३५ दरबन्दीमा शुक्रबार परिषद्ले नाम सिफारिस गरेको परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । 

निर्णय अनुसार नारायण रिमाल, यामबहादुर बानियाँ, रुद्रप्रसाद सुवेदी, धर्मराज पौडेल जिल्ला न्यायाधीशमा सिफारिस हुनुभएको छ । यस्तै टङ्कबहादुर महत, सुवर्णमान बनेपाली, तीर्थराज भट्ट, सरिता रायमाझी, प्रतिमाकुमारी भट्टराई पोखरेल, शिवप्रसाद पराजुली, लालसिंह थापा, शम्भुप्रसाद रेग्मी, दीपेन्द्रनाथ योगी पनि सिफारिसमा पर्नुभएको छ । 

यस्तै दुर्गाप्रसाद बस्याल, दीपक धिताल, मेघनाथ चापागाईं, मीनबहादुर कुँवर, इन्द्रकुमार खड्का, नवराज कार्की, राजु ढुङ्गाना, हरिसिंह धामी, अरुणकुमार झा, डोलनाथ न्यौपाने, दुर्गाप्रसाद भट्टराई, ईश्वर आचार्य, मोहनबहादुर अधिकारी, नारदप्रसाद भट्टराई, गोपालप्रसाद थापा, चन्द्रदेव भारती, ठाकुरप्रसाद पौडेल, ऋतबहादुर पुलामीमगर, जयन्ती अवस्थी भट्ट, दीक्षा प्रधानाङ्ग, शारदादेवी पौडेल र देवी चौधरी पनि जिल्ला न्यायाधीशमा सिफारिस हुनुभएको छ । 

यस्तै परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशमध्येको एक रिक्त पदमा रत्नबहादुर बागचन्दलाई सिफारिस र पदस्थापन गरेको छ । बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ । उच्च अदालत पोखराका वरिष्ठतम न्यायाधीश राजन भट्टराईलाई भने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज सरुवा गरिएको छ । परिषद्ले जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा पनि गरेको छ ।