• १२ असोज २०८१, शनिबार

बलिरहेको आगो (कविता)

blog

तिमी धिप्धिप् हुँदै निभ्न लाग्दा  

कसैले वास्तै गरेनन् 

म एउटै थिएँ, तिमीलाई सल्काउने 

र त अहिले तिमी मजाले बलिरहेका छौ 

तिमीलाई वास्ता नगर्नेहरू 

अहिले अँगेनोवरिपरि छन्

तिम्रो तापमा मग्न छन्

तिम्रो चाकरी पनि गरिरहेका छन् 

तर आगो तिमी पनि बेमान रहेछौ 

धिप्धिप् गर्दै निभ्न लाग्दा 

सल्काउनेलाई बिर्संदो रहेछौ

ठिकै छ अहिले तिमी बलिरहेछौ

फेरि पालो आउला 

तिमी निभ्नै लाग्दा 

को आउँछ तिम्रो अँगेनामा ?

अनि कसले बाल्छ ? 

बाल्ने होइन तिमीलाई निभाउने छन्

सदाका लागि तिम्रो अन्त्य हुने छ ।