मध्यपूर्व तनाव चर्किदै, कूटनीति र आक्रमण सँगसँगै
मध्यपूर्वमा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई एकसाथ अघि बढाइरहेको छ । यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी चासो पनि बढाएको छ । पछिल्ला घटनाक्रमले युद्ध विस्तारको जोखिम अझै कायम रहेको सङ्केत दिएका छन् भने समाधान खोज्ने प्रयास पनि समानान्तर रूपमा चलिरहेका छन् ।
इरानमाथि हवाई हमलाबारे शुक्रबार बैठक हुनेः रुसी मिडिया
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी अनुरोधमा शुक्रबार बन्द बैठक गर्नेछ, जसमा इरानमाथि भएका हवाई हमलाहरूको विषयमा छलफल हुने भएको रुसी सरकारी मिडियाले जनाएको छ । मध्यपूर्व युद्ध दोस्रो महिनातर्फ बढ्दै गर्दा यो बैठक आयोजना हुन लागेको हो ।
अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाउँदै
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) मध्यपूर्वमा थप १० हजार भूमि सैनिक परिचालन गर्ने योजना बनाइरहेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक विकल्प बाहेक अतिरिक्त सैनिक विकल्प उपलब्ध गराउने उद्देश्यले उठाइएको हो ।
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल सङ्कट
इरानले स्ट्रेट अफ होरमुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागु गरेको छ, जसले यसलाई तेल ढुवानीको महत्वपूर्ण मार्गको प्रमुख संरक्षक बनाउने सम्भावना देखिन्छ ।
रूसको ऊर्जा क्षेत्रमा “गैजप्रोम”को नयाँ रणनीति
रूसी ऊर्जा कम्पनी ‘गैजप्रोम नेफ्ट’ले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना बनाएको छ । कम्पनीका सिइओ अलेक्ज्यान्डर ड्यूकोभले बिहीबार यहाँ उद्योग तथा व्यापार सम्मेलनमा यो जानकारी दिनुभएको छ ।
बालेन बेग : रास्वपा प्रवेशको तीन महिनामै प्रधानमन्त्री
बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई शुक्रबार नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
शिक्षण संस्थाका विचित्र नाम
तपाईंले पढ्नु भएको विद्यालयको नाम सम्झनुहोस् त ! लामो थियो ? वा छोटो ? कतिपय विद्यालयको नाम निकै लामा छन् । स्थापना हुँदा ती विद्यालयको नाम छोटो नै थिए । चन्दादाता वा विद्यालय स्थापना गर्दा योगदान गरेका वा स्थानीय प्रसिद्ध व्यक्तिको नाम पनि जोड्न थालेपछि नाम लामो हुन पुगेका हुन् । राज्यले नै चन्दा प्रदान गरेपछि दाताको नाम विद्यालयको नामसँग जोड्ने नीति अवलम्बन गरेको छ । यसले गर्दा पनि विद्यालयको नाम लामो हुन पुगेको भन्न सकिन्छ ।
‘चुनावका प्रतिबद्धता पूरा गर्छु’
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिराहा क्षेत्र नं. १ बाट निर्वाचित बब्लु गुप्ता पहिलो पटकमै संसदीय यात्रा तय गर्न सफल हुनुभएको छ । जेनजी आन्दोलनपछि गठित सुशी
‘जिल्लाको नाम ‘नवलपुर’ बनाउन पहल गर्छु’
मुलुक सङ्घीय संरचनामा गएपछि नवलपरासी जिल्लालाई टुक्र्यााएर सतहत्तरौँ जिल्लाका रूपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बनाइयो । १० वर्षसम्म पनि संविधान संशोधन गर्न नसक्दा बोलीचालीमा नवलपुर भनिए पनि सरकारी कामकाजमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) लेख्नुपर्ने निकै झन्झटिलो प्रक्रिया हटेको छैन । त्यसैले नवलपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजन गौतमले जिल्लाको नामकरण गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
रोग लुक्दै, मृत्यु हुनेको सङ्ख्या बढ्दै
मुस्ताङमा चालु आर्थिक वर्षको आठ महिनामा १० क्षयरोगी फेला परेका छन् । जिल्लाका पाँच वटै स्थानीय तहमा चालु आव २०८२/८३ को साउनदेखि फागुन महिनासम्म १० जनामा क्षयरोग पुष्टि भएको हो ।
‘सुशासनका लागि कम्मर कसेर लाग्ने छु’
गुल्मीमा जन्मिनुभएका विक्रमसिंह थापाले २०३७ सालमा महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि उहाँ भारतको बनारस पुग्नुभयो । उदय प्रताप कलेजबाट बिएससी उत्तीर्ण गर्नुभएको हो ।
बन्यो पुल, हट्यो बर्खाको डर
पानी परेपछि उर्लिएर आउने छल्दीखोला तर्न स्थानीयलाई ठुलो सकस थियो । उब्जनी हुने छल्दीको ठुलो फाँटमा आउन टारीका स्थानीयलाई बर्सातमा खोलामै पस्नुपर्ने बाध्यता थियो । पालुखा माविको टारीतिरका विद्यार्थीलाई नजिकै पुल नहुँदा लामो बाटो भएर विद्यालय पुग्ने वा खोलामै जोखिम मोलेर पस्ने भन्ने दुई विकल्प मात्रै थिए । अहिले इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दी टारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीय बासिन्दा तथा विद्यार्थीको आवतजावत सहज बनाउने उद्देश्यले सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।
सक्नुपर्ने दुई वर्षमा, पाँच वर्षसम्म अधुरै
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गुल्मी अस्पतालको नयाँ भवन पाँच वर्ष पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन । ठेकेदारले विभिन्न बहानाबाजी बनाई गरेको ढिलासुस्तीले काम अझै पूरा हुन सकेको छैन ।
आम्दानीको बलियो आधार बन्दै सामुदायिक वन
दिगो वन व्यवस्थापनको अवधारणा लागु भएपछि बर्दिया जिल्लाका सामुदायिक वन अहिले आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुन थालेका छन् । काठ तथा दाउरा बिक्रीबाट पछिल्ला दुई आर्थिक वर्षमा सामुदायिक वनले उल्लेख्य आम्दानी गर्दै स्थानीय विकासमा समेत योगदान पु¥याएका छन् ।
पहिरोपीडितलाई सुरक्षित आवास
छ महिनाअघिको पहिरोले घरबारविहीन बनेका परिवारले सुरक्षित घर पाएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–४, बौरीडाँडाका छ विपन्न परिवारले सुरक्षित घर पाएका हुन् । गत साउनमा परेको बर्सात र पहिरोले घरमा क्षति पु¥याएपछि विस्थापित भएका परिवारले सुरक्षित घर पाएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
प्रदेशको शैक्षिक योजना तर्जुमा अन्तिम चरणमा
कर्णाली प्रदेशले शिक्षा गुणस्तर सुधार गर्न १० बर्से शैक्षिक योजना निर्माण गर्न लागेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२/८३ देखि २०९१/९२ सम्मका लागि शैक्षिक सुधार गर्ने भन्दै सो योजना तर्जुमा गर्न लागेको हो । यसका लागि मन्त्रालयले गठन गरेको कार्यदलले अन्तिम मसौदा तयार गरिरहेको छ ।
सुशासन कायम गर्ने प्रतिबद्धता
ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विश्वराज पोखरेलले जिल्लामा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बने
‘संसदबाट परिवर्तनको आभास गराउन सक्नु पर्छ’
जाजरकोटको भेरी नगरपालिका–१०, भुरमा विपन्न दलित र सामान्य किसान परिवारमा जन्मिएकी पार्वती विक हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट सङ्घीय सांसद बन्नुभएको छ । २०४२ पुस २८ गते जन्मिएकी विक जाजरकोटबाट दलित समुदायको प्रतिनिधित्व गर्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पहिलो दलित महिला बन्न पुग्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महिला तथा दलित क्लस्टरबाट पार्टीले उहाँलाई १ नम्बरमा छनोट गरेको हो ।
प्रहरीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा
गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को जङ्गलमा अचेत अवस्थामा फेला परी मृत्यु भएको भनिएकी वीरेन्द्रनगर नगरपालिका–१ मा बस्ने १६ वर्षीय बालिका इनिशा विकको मृत्यु अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको छ । करिब १७ दिनसम्मको अनुसन्धानपछि सुर्खेत प्रहरीले सो अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको हो । गत फागुन २३
‘राजनीतिले नै समाज परिवर्तन गर्छ’
डा. आनन्दबहादुर चन्द राजनीतिमा नयाँ पात्र हुनुहुन्छ । प्राध्यापन, स्वास्थ्य र शैक्षिक क्षेत्रमा लामो समयसम्म काम गर्नुभएका डा. चन्द राजनीतिमा लागेकै वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार भएर सुदूरपश्चिमकै राजनीतिक, प्रशासनिक र व्यापारिक केन्द्र रहेको धनगढीसहितको कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले डोटीबाट लगातार तीन पटक चुनाव जित्नुभएका नेकपाका नेता प्रेमबहादुर आलेमगर, नेपाली कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह मनु र नेकपा (एमाले) का कैलाली अध्य
गिद्धलाई असर नपर्ने गरी पशुको उपचार
बिरामी पशुचौपायाको उपचारमा प्रयोग हुने पीडानाशक औषधी गिद्धका लागि विष नबनोस् भन्नेतर्फ सजगता बढ्न थालेको छ । पछिल्लो समय बिरामी पशुको उपचारमा डाइक्लोफेनक नामको औषधी पूर्ण रूपमा बन्द भएकाले गिद्धलाई कुनै असर नपरेको एक अध्ययनले देखाएको छ ।