वडाध्यक्ष साहको निधन
सुखीपुर नगरपालिका –६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिनुभयो ।
प्रियासनको उपन्यास ‘कालो मन’ सार्वजनिक
पत्रकार तथा साहित्यकार सविन प्रियासनको १२ औं कृति ‘कालो मन’ उपन्यास सार्वजनिक भएको छ । घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।
रेन्जर धिताल र पत्रकार शाही कुटिए
बाघको आक्रमण पटक–पटक भइरहँदा पनि बेवास्ता गर्नेगरेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जप्रति राप्ती सोनारी गाउँपालिकाका स्थानीय आक्रोशित भएका छन् ।
सामान्य विवादमा श्रीमतीद्वारा श्रीमानको हत्या
कैलालीको जोशीपुर गाउँपालिका –३ लकडमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । शनिबार राति श्रीमान श्रीमतीबिच घरायसी सामान्य विवाद हुँदा श्रीमतीले श्रीमानलाई हतियार प्रहार गरेको जनाइएको छ ।
ट्रान्सफर्मर चोरी गरेको अभियोगमा दुईजना पक्राउ
ताप्लेजुङमा विद्युतीय ट्रान्सफर्मर चोरी गरेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवाका ३३ वर्षीय फुपुनाम्गे शेर्पा र फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय आइतबहादुर लिम्बू रहेका छन् ।
प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापक रबिलाल लुइटेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
स्वास्थ्य केन्द्रलाई कम्प्युटर हस्तान्तरण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले गलकोट नगरपालिका–११, रिघाको सहरी स्वास्थ्य केन्द्रलाई व्यक्तिगत खर्चमा कम्प्युटर र प्रिन्टर प्रदान गर्नुभएको छ ।
गुल्मीमा कफीको जातीय परीक्षण
गुल्मीमा पहिलो पटक कफीको जातीय परीक्षण गरिएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधिद्वारा ३८ जातमा कफीको जातीय परीक्षण गरेको हो।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।
छठमा चढाइने कृषिजन्य तरकारी तेब्बरमा बिक्री, छैन अनुगमन
छठ पर्वमा प्रसादको रूपमा प्रयोग हुने तरकारीजन्य उत्पादनहरूको मूल्य तेब्बरले वृद्धि भएको छ।
कैलालीमा छठ पूजा गर्नेको सङ्ख्या बढ्दै
छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदीतटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठपूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ ।
'पढ्न र लेख्न जानेपछि संसार जितेकाे महसुस हुन्छ'
जिल्लाको तिरहुँत गाउँपालिका-३, पिप्राहीका सदा (मुसहर) मुसहर समुदायका महिलाहरू साक्षर बन्न उत्साहित छन् । स्थानीय महिलाहरू समय निकालेर स–साना छोराछोरी सहित घुम्टो ओढेर पढ्न लेख्नका लागि स्थानीय सामुदायिक सिकाइ केन्द्र जाने गरेका छन् ।
छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक
तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् ।
सेप्ली झरनाको पर्यटकीय झोलुङ्गे पुल जोखिममा
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–८ मा अवस्थित प्रमुख पर्यटकीय गन्तव्य सेप्ली झरना जाने झोलुङ्गे पुल अहिले जोखिमपूर्ण बनेको छ ।
आयोजना सकियो, जोखिम अझै घटेन
रानी जमरा कुलरयिा सिँचाइ आयोजनाको दोस्रो चरणको काम सम्पन्न भैसक्दा पनि जग्गा सुरक्षित हुन सकेका छैनन् भने पहिले बनेका तटबन्धहरु भत्किरहेका छन् ।
भैरहवामा ६ महिनापछि अन्तर्राष्ट्रिय उडान सुरू
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज थाई एयर एसियाको जहाज १७ यात्रु बोकेर अवतरण भएको छ।
२० वर्षअघि भएको हत्या आरोपमा एक पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मेचीनगरमा एक सयभन्दा बढी कर्मचारीको करार सेवा रद्द
झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।
महिला गोल्डकपको तयारी तीव्र
झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ ।
सात सय ९१ थान राष्ट्रिय परिचयपत्र वितरण
जिल्ला प्रशासन कार्यालय मनाङले साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा सात सय ९१ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।
बेनी-जोमसोम सडकमा सवारी साधनको लामो लस्कर
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डमा पर्यटक बोकेर आएका सवारी साधनको लामो लस्कर लागेको छ । दसैँ–तिहार र छठ पर्व विदाको अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएपछि बेनी–जोमसोम सडकमा सवारीसाधनको लामो लस्कर लागेको हो ।
'मुलुकको हितका लागि सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ'
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देश अहिले गम्भीर अवस्थामा रहेकोले अहिले मुलुकको हितको लागि सबैले आआफ्ना ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।
जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित
राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् ।
साहित्यकार अर्याल र पल्लव सम्मानित
साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा दुई जना साहित्यकारहरुलाई सम्मान गरिएको हो ।