• १३ चैत २०८२, शुक्रबार

बन्यो पुल, हट्यो बर्खाको डर

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), चैत १३ गते । पानी परेपछि उर्लिएर आउने छल्दीखोला तर्न स्थानीयलाई ठुलो सकस थियो । उब्जनी हुने छल्दीको ठुलो फाँटमा आउन टारीका स्थानीयलाई बर्सातमा खोलामै पस्नुपर्ने बाध्यता थियो । पालुखा माविको टारीतिरका विद्यार्थीलाई नजिकै पुल नहुँदा लामो बाटो भएर विद्यालय पुग्ने वा खोलामै जोखिम मोलेर पस्ने भन्ने दुई विकल्प मात्रै थिए । अहिले इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दी टारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीय बासिन्दा तथा विद्यार्थीको आवतजावत सहज बनाउने उद्देश्यले सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।