• १२ असोज २०८१, शनिबार

आर्थिक विकास सरकारको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह । फाइल तस्बिर

काठमाडौँ, साउन २६ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त हुनुभएकामा उहाँहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उहाँले मुलुकको सामाजिक-आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उहाँले जनताले अनुभूत गर्ने गरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य हो भन्नुभयो । राष्ट्र र जनताका पक्षमा इमानदार भएर काम गर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गर्नुभयो । रासस