यो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर विभिन्न कार्यक्रम गरिरहेको छ । सरकार, निजी क्षेत्र र नागरिकको संयुक्त पहलमा प्रारम्भ गरिएको पर्यटन वर्षले आगामी दिनमा प्रदेशमा पर्यटनमार्फत समृद्धि ल्याउने सरकारले आशा गरेर कार्यक्रमलाई बडो महìवाकाङ्क्षी ढङ्गले अघि बढाएकोे बुझ्न सकिन्छ । अथाह सम्भावना भएर पनि कोशी प्रदेशले पर्यटनलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाउन सकेको छैन । सम्भावनाको पहिचान गर्न नसकेर हो वा पहिचान गरेर पनि राम्रो ‘ब्रान्डिङ’ र ‘मार्केटिङ’ गर्न नसकेको हो, प्रदेशमा पर्यटनमा भएको लगानी अनुरूप प्रतिफल प्राप्त हुन सकेको देखिँदैन ।
नेपालको पर्यटन ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ मा आधारित छ । कोशीमा पर्यटनका यी तिनै आयामको प्रचुरता हुँदाहुँदै पनि समुचित उपयोग हुन सकेको छैन । आठ हजार मिटरमाथिका पाँच वटा हिमाल कोशी प्रदेशमै छन् । कोशीले यसबाट पर्यटकीय प्रतिफल लिन सकिरहेको छैन । जल सम्पदाको ठुलो भण्डार कोशीमै छ तर जलबाट विद्युत् उत्पादनमा मात्र होइन, पर्यटकीय उपयोगमा पनि प्रदेश पछाडि नै छ । प्रदेशमा भएका वन जङ्गललाई पनि कोशीले पर्यटकीय उत्पादनका रूपमा प्रयोग गर्न सकेको छैन । सांस्कृतिक रूपमा किराँत समुदायको बहुआयामिक संस्कृति, सनातनीमध्येका मुख्य तीन सम्प्रदायका प्रमुख धार्मिक तीर्थस्थल यही छन् । तीबाहेक रामायण र महाभारतसँग जोडिएका पौराणिक स्थल, नेपालकै एक मात्र कुम्भस्थली, किराँत तीर्थस्थल जस्ता महìवपूर्ण क्षेत्र भएर पनि कोशी प्रदेशले पर्यटनबाट चाहे जति प्रतिफल लिन सकिरहेको छैन । यही समस्यालाई सम्बोधन गर्नका लागि सरकारले आमनागरिकको सहभागितामा पर्यटन वर्ष मनाउन लागेको हो ।
यस्ता अनगन्ती समस्यालाई चिरेर प्रदेशको पर्यटन क्षेत्रलाई माथि उकास्न के गर्दा हुन्छ ? व्यवसायीका समस्या कसरी सम्बोधन गर्न सकिन्छ ? पर्यटकका समस्या के हुन् र तिनको समाधान के कसरी हुन्छ भनेर यस वर्ष खोजी गरिने र नीति, कानुन र पूर्वाधार तयार गर्ने गरी दीर्घकालीन लक्ष्य लिएर प्रदेश सरकार अगाडि बढेको देखिन्छ । आखिर हाम्रो पर्यटनको वास्तविक समस्या के हो ? तिनको समाधानका उपाय के होलान् ? पर्यटकको चाहना के होला ? व्यवसायीले कस्तो रणनीति चाहेका छन् ? के के गर्दा प्रदेशको पर्यटनले फड्को मार्न सक्छ भन्ने तमाम समस्या र उल्झन केलाउन अपरिहार्य देखिन्छ ।
कोशी प्रदेशमा पर्यटकका लागि मुख्य आकर्षण र यसमा देखिएका समस्या भनेकै क्षेत्र पहिचानमा अलमल हुनु हो । हिमालमा आधारित व्यवसायीले हिमाललाई प्रमुख भन्छन् । साहसिक खेलमा लागेका व्यवसायीले प्याराग्लाइडिङ र -याफ्टिङ भन्लान् । कसैले भेडेटार, कन्याम जस्ता हिल स्टेसनको नाम लिन्छन् । कसैले धार्मिक पर्यटन नै कोशीको मुख्य आकर्षण हो भन्छन् । प्रदेशका मन्त्रीलाई सोध्ने हो भने पनि एउटै उत्तर आउन सक्दैन । यसको मुख्य कारण विविधतायुक्त हुनु हो । यद्यपि यस किसिमको विविधतालाई कोशीले प्रवर्धन गर्न नसक्नु नै प्रमुख समस्या हो ।
८२ का लागि ८२ गन्तव्य
पर्यटन वर्ष २०८२ मा प्रदेशका ८२ वटा महìवपूर्ण गन्तव्य छनोट गर्ने प्रयास भएको छ । प्रदेशमा ८२ वटा मात्र गन्तव्य छैनन् र ८२ वटा गन्तव्य सबै मुख्य या आकर्षक गन्तव्य हुन सक्दैनन् । मुख्य गन्तव्य एक, दुई वा तीन होलान् । अरू त्यसका लागि आवश्यक तìव हुनुपर्ने हो । हामी हिमालदेखि साना साना ढिस्कोसम्मलाई गन्तव्य बनाउन लागेका छौँ । हामीले कोशी नदीदेखि घरपछाडिको आहालसम्मलाई गन्तव्य बनाउँदै छौँ । अनादिकालदेखि प्रचलित मन्दिरदेखि चोक चोकमा बनाइएका मन्दिरसम्म हाम्रा गन्तव्य बनेका छन् । यस्तो कार्यले हामी लक्ष्यमा पुग्न सक्दैनौँ ।
हामीले हाम्रा लक्षित पर्यटकको पनि पहिचान गर्न सकेका छैनौँ । लक्षित पर्यटकले के चाहन्छन् ? कस्तो सेवा र गन्तव्य चाहन्छन् भन्ने पनि हामीले पहिचान गर्न सकेका छैनौँ । लक्षित पर्यटक पहिचान गर्दा चाँडै प्रतिफल पाइने रहेछ भन्ने कुरा पछिल्लो समय प्रदेशमा भएको लगानी सम्मेलनलाई हेर्दा बुझ्न सकिन्छ ।
कोशीमा क्यासिनो लक्षित पाँचतारे एउटा होटेल खुल्यो, मेचीव्रmाउन । यसको व्यवसाय देखेर नै होला, लगत्तै अर्को पाँचतारे होटेल खुल्यो । त्यसपछि लगातार यहाँ पाँचतारे होटेल खुल्ने व्रmम बढेको छ । सङ्घीय राजधानीपछि सबैभन्दा धेरै पाँचतारे होटेल यतिबेला कोशी प्रदेशमै छन् । कोशी प्रदेश क्यासिनो पर्यटनको ‘हक’ बन्ने व्रmममा अघि बढ्दै गरेको देख्न सकिन्छ । यो एउटा उदाहारण हो । हामी आफ्नो भावनामा बगेर गन्तव्य र पूर्वाधार निर्माण गर्न लागेका छौँ तर हामीले पर्यटकको पहिचान गरेर उनीहरूको चाहनाबमोजिम गर्ने प्रयत्न गरेका छौँ जस्तो देखिँदैन । यसका लागि सरकारले सरोकारवालाको सहभागितामा वैज्ञानिक प्रणाली अवलम्बन गरेर प्रदेशको मुख्य ‘टुरिजम प्रोडक्ट’ निर्धारण गर्नु पर्छ । हिमालकेन्द्रित पर्यटन, धार्मिक पर्यटन, पर्यापर्यटन, साहसिक खेल पर्यटन, ग्रामीण पर्यटन, जङ्गल पर्यटन, जुवा पर्यटन जस्ता धेरै कुरा भए पनि प्राथमिकता निर्धारण गरेर मुख्य क्षेत्र छनोट गरेर अन्यलाई सहायक तìवका रूपमा राख्नु वाञ्छनीय छ ।
लक्षित समूह पहिचान
हाम्रा लक्षित समूह को हुन् ? त्यो पनि हामीले पहिचान गर्न सकेका छैनौँ । पहिचान त केवल हाम्रो मुद्दा मात्र बनेको छ । हाम्रा लक्षित मुख्य पर्यटक भारतीय मात्र हुन् ? कि आन्तरिक पर्यटक हुन् ? कि पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने पर्यटक हुन् ? त्यो पहिचान हुन जरुरी छ । बाहिरबाट आएर कोशी प्रदेश प्रवेश गर्ने सबै पर्यटक हुन्, यसमा द्विविधा छैन तर धेरै पर्यटक कहाँबाट आउँछन् ? कुन वर्गलाई धेरै मात्रामा भिœयाउन सकिन्छ ? त्यो बुझेर उनीहरूको रुचि र चाहना अनुसार गन्तव्य र सेवाको विकास गर्न जरुरी छ । यी सबै कुराको पहिचान गर्न नसकेर हामी पर्यटनबाट समुचित प्रतिफल लिनबाट चुकेको जस्तो देखिन्छ । क्षेत्र छनोट र लक्षित वर्ग पहिचान गरेर पर्यटनका अन्य सम्बद्ध घटक मिलाएर पर्यटकको रुचि, हाम्रा पूर्वाधार र सेवा अनुरूपको प्याकेज बनाएर बजारीकरण गर्नु पनि जरुरी छ । अहिले हामी योजनाबद्ध पर्यटनभन्दा पनि भावनाबद्ध पर्यटन सेवा, व्यवसाय र पर्यटन विकासका कुरा गरिरहेका छौँ कि जस्तो देखिन्छ । यसमा आमूल सुधार हुन जरुरी छ ।
कोशी प्रदेशसँग दुई ठुला मुलुक चीन र भारत जोडिएका छन् । चीन जोडिएको भए पनि त्यहाँबाट कोशी आउने पहुँचको अभाव छ । हामीसँग सिमाना जोडिएको भारतका दुई प्रदेशका पर्यटक नै हाम्रा मुख्य लक्षित समूह हुन सक्छन् । कोशी प्रदेशसँग जोडिएका भारतका दुई प्रदेशका जिल्लामा मात्र करिब डेढ करोड जनसङ्ख्या छ । दुवै प्रदेशको कुल जनसङ्ख्या हेर्ने हो भने २० करोडभन्दा माथि छ । त्यसमा पनि हाम्रो सिमानाबाट दक्षिण बिहारको दुई सय किलोमिटर तलसम्म छुट्टी बिताउने कुनै राम्रो गन्तव्य छैन । जबकि बिहार र नेपालको सिमानाबाट एक सय किमीको दुरीमा शीतलताले भरिपूर्ण उत्कृष्ट पहाडी गन्तव्य भेटिन्छन् । यत्तिको ठुलो जनसङ्ख्या भएको नजिकको बजारबाट हामीले किन फाइदा लिन सकिरहेका छैनौँ ? यो नै गम्भीर प्रश्न हो । अर्कोतर्फ बिहारमा मदिरा प्रतिबन्धित छ । मदिरा प्रेमी समूह छुट्टी बिताउन कहाँ जान्छ ? त्यो समूहले के खोजेको छ ? उसको रुचि र यहाँ आउँदाका समस्या के छन् ? भन्नेबारे हामीले सूक्ष्म अध्ययन गरेर सो अनुसार रणनीति तय गर्नुपर्ने भएको छ ।
यस कोणबाट हेर्दा हाम्रो प्रदेशको पर्यटनमा प्रतिस्पर्धी को हो ? हामीले कोसँग प्रतिस्पर्धा गर्नुपर्ने रहेछ ? प्रतिस्पर्धीको के कुराले बिहार र बङ्गालका पर्यटकलाई आकर्षित गरेको छ ? त्यो पनि बुझ्न जरुरी छ । यतिबेला हेर्दा सिक्किमको गन्तोक, पश्चिम बङ्गालको दार्जिलिङ छुट्टी बिताउने उनीहरूको गन्तव्य बनेको छ । किनमेल गर्न, विवाह गर्न र परिवारसँग छोटो दुरीको छुट्टी बिताउन सिलिगुडी गन्तव्य बनेको देखिन्छ । ट्रेनिङ, सेमिनार, वर्कसप जस्ता कार्यव्रmम गर्न उनीहरू बङ्गालकै लाटागुडी पुगिरहेका छन् । अर्कोतर्फ मदिराको रसास्वादन गर्नकै लागि बिहार र बङ्गालको सिमाना दालखोलाले आकर्षित गरिरहेको छ । जबकि ती सबै सेवा दिनका लागि कोशी प्रदेशको पूर्वाधार सक्षम हुँदाहुँदै पनि किन उनीहरू यहाँ आउन चाहिरहेका छैनन्, यो नै खोजीको विषय हो ।
मौद्रिक तथा सुरक्षा समस्या
हामीकहाँ आधिकारिक रूपमा भारतीय पाँच सय दरको नोटको कारोबार गैरकानुनी छ । एक सय रुपियाँको नोट मात्र ल्याउन पाइन्छ । अर्को नियम अनुसार भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँसम्म मात्र बोकेर आउन पाउँछन् । त्यो पनि एक सयको नोट मात्र । हाम्रो राज्य संयन्त्र पर्यटनको कुरा गर्छ तर पर्यटनमैत्री व्यवहार गरेको छैन । सिमानामा पाँचतारे होटेल खोल भन्छ, भारतीय पर्यटक नै हाम्रा नजिकका र ठुलो सङ्ख्याका पर्यटक हुन् भन्छ तर ती भारतीय पर्यटकलाई चाहिँ पैसा लिएर आउन पाउँदैनस् भन्छ । नेपाललाई भारतीयको विवाह गन्तव्य बनाउने भन्छ तर पैसा लिएर आउँदा, विवाहका लागि गहना लिएर आउँदा पव्रmाउ गर्छ र मुद्दा चलाउँछ । सरकारको यस्तो व्यवहारले पर्यटक कसरी भिœयाउन सकिएला ? भारतीय पर्यटकलक्षित क्यासिनो खुलेका छन् र राम्ररी चलेका पनि छन् तर उनीहरूले जुवा खेल्ने रकम चाहिँ कसरी ल्याएका होलान्, यो विषयमा सरकार मौन छ ।
हाम्रा सुरक्षा निकायले भारतीय पर्यटकलाई राम्रो व्यवहार गरेको देखिँदैन । राजमार्गको प्रत्येक पाँचदेखि १० किमीमा ट्राफिक प्रहरी बसेका हुन्छन् । उनीहरूमा जसरी पनि भारतीय पर्यटकबाट रकम सङ्कलन गर्ने प्रयत्न गरेको आरोप छ । अर्काको देश, त्यसमाथि प्रहरी देख्दा भारतीय पर्यटक त्यसै डराउँछन् र केही रकम दिएर छुटकारा पाउने प्रयत्न गर्छन् । त्यसको समाधानका लागि प्रदेश सरकारले सिमानामा नै पर्यटकका लागि स्टिकरको व्यवस्थासम्म ग¥यो तर पनि प्रहरीले स्टिकर लगाएर आएका गाडीबाट पनि ‘असुली’ गर्न छाडेको देखिँदैन । पर्यटकलाई यस्तो दुव्र्यवहार गर्नाले नै हामीले ठुलो स्रोत भएको क्षेत्रबाट पर्यटक भिœयाउन नसकेको पक्कै हो ।
छोटो बसाइ अवधि
अर्को ठुलो समस्या भनेको पर्यटकको बसाइ अवधि हो । हामीकहाँ हालको अवस्थामा पर्यटकको बसाइ अवधि एक या दुई रातको मात्र हुने गरेको छ, हिमाल आधारित पर्यटकलाई बिर्सिने हो भने । हिमालमा आधारित पर्यटनबाट कोशी प्रदेशले प्रतिफल पाएको अनुभूति गर्न सकेको छैन । हिमालको पर्यटन सङ्घीय राजधानीले सञ्चालन गर्छ र प्रतिफल पनि राजधानीले नै लिइरहेको छ । हिमालमा आधारित पर्यटकबाहेक अन्य पर्यटकको बसाइ अवधि कसरी लम्ब्याउन सकिन्छ भन्नेतर्फ चिन्तन आवश्यक छ । पर्यटकको बसाइ लम्ब्याउन पर्यटन सेवा र पूर्वाधारमा विविधीकरण गर्नु पर्छ । हामी परम्परागत पर्यटनमै आधारित छौँ । हामीले हिमालमा आधारित पर्यटन व्यवसाय गर्न सकिरहेका छैनौँ । सिमानामा पर्ने सहरले हिमाल अर्थोपार्जनमा जोड्न सकेका छैनन् । यो पनि प्रदेशको ठुलो समस्या हो । प्रदेशले मध्यपहाडलाई पनि पर्यटनमा उपयोग गर्न सकेको छैन । मध्यपहाडका तीन
‘हिलस्टेसन’ सन्दकपुर, गुफापोखरी र पात्ताल हाम्रा राम्रा गन्तव्य बन्न सक्छन् । सन्दकपुर जस्तो सुन्दर हिल स्टेसन दार्जिलिङले बेचिरहेको छ । गुफापोखरीमा पहँुच र पूर्वाधार दुवैको अभाव छ । नजिकका भारतीयका लागि पात्ताले सिमलाको टेस्ट दिन सक्ने गन्तव्य भएर पनि प्रचारमा आउन सकेको छैन ।
जल र जङ्गल पर्यटन
हामीकहाँ जङ्गल पर्यटनको पनि अभाव खड्केको छ । जनकपुर र लुम्बिनीलाई एकछिन बिर्सिने हो भने नेपालमा तराईको पर्यटन जङ्गलमा आधारित छ । कोशी प्रदेशबाहेक अन्य प्रदेशको तराईमा राष्ट्रिय निकुञ्ज छन् तर कोशी प्रदेशको तराईमा कुनै निकुञ्ज छैन । कोशीटप्पु वन्यजन्तु आरक्ष छ । आरक्ष र निकुञ्जको स्वभावमा भएको फरकले कोशीटप्पु आरक्षको पनि यथेष्ट पर्यटन प्रयोग हुन सकेको छैन । कोशीको तराईमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्ष, चारकोसे जङ्गल र रतुवामाई वृक्षरोपण आयोजनालाई जङ्गल पर्यटनमा प्रयोग गर्न सकिने सम्भावना भएर पनि उपयोग हुन सकेको छैन । त्यस्तै नेपालको सबैभन्दा ठुलो जलभण्डार भएको कोशी नदी र त्यसका सहायक नदीबाट पनि हामीले पर्यटन प्रतिफल लिन सकेको छैनौँ । हामीले जलमा आधारित पर्यटनको प्रयोग गर्न सकिरहेका छैनौँ । चतरामा चल्ने मोटरबोट, केही ¥याफ्टिङबाहेक त्यत्रो नदी किनार कुनै उपयोगबिना खेर गइरहेको छ । नदी किनारका क्षेत्रलाई पर्यटन व्यवसायमा प्रयोग गर्न दिएको खण्डमा यो क्षेत्र पनि पर्यटकको बसाइ लम्ब्याउने माध्यम बन्न सक्ने थियो । नदी किनारलाई मौसममा आधारित व्यवसाय बनाउने हो भने यसले समुद्रको स्वाद पक्कै हाम्रै भूगोलमा पाइने हुन सक्थ्यो । हामीले यसबारे भने अझै सोचेका छैनौँ । अब हामीले नीति बनाउँदा उपयोगविहीन बनेका हाम्रा नदी किनार, जङ्गल र नागीडाँडालाई कसरी पर्यटकीय प्रयोग र व्यवसायीकरण गर्न सक्छौँ भन्नेबारे पनि सोच्न जरुरी छ ।
धार्मिक पर्यटन
सनातनी हिन्दुहरूका धेरै सम्प्रदायमध्ये तीन सम्प्रदाय प्रमुख हुन् वैष्णव, शैव र शाक्त । भगवान् विष्णुलाई आराध्य मान्ने वैष्णव, भगवान् शिवलाई नै सर्वस्व ठान्ने शैव र देवी (शक्ति) का उपासक शाक्त कहलाउँछन् । कोशी प्रदेशमा तिनै सम्प्रदायका मुख्य देवस्थल छन् । भगवान् विष्णुको तेस्रो अवतार भूमि वराहक्षेत्र, शिवजीको व्रmीडास्थल हलेसी र भवानीको प्रतापले परिपूर्ण भएको क्षेत्र पाथीभरा । वैष्णवका लागि वराहक्षेत्र मुख्य गन्तव्य हुन सक्छ । त्यस्तै शाक्तका लागि पाथीभरा आकर्षणको केन्द्र हो । हलेसीलाई हामीले पूर्वमा अमरनाथको जस्तो प्रचार गरेर भारतीयलाई आकर्षित गर्न सक्छौँ । पाथीभरालाई वैष्णोदेवीकै जस्तै प्रचार गरेको खण्डमा उता जान नसक्नेलाई यता ल्याउन सकिन्छ । मानिसले चाहना गर्ने सबैभन्दा महìवपूर्ण कुरा शक्ति, सम्पत्ति र शान्ति हो । यी तीन तीर्थस्थललाई शक्ति, सम्पत्ति र शान्तिदायक स्थलका रूपमा प्रचार गर्दा हामीले यथेष्ट पर्यटक भिœयाउने सम्भावना नभएको होइन ।
पर्यटनमा प्रयोग गर्न छुटाएको अर्को महìवपूर्ण वस्तु हो रुद्राक्ष । भारतीयले श्रद्धाका साथ दुई वनस्पती धारण गर्छन्, तुलसी र रुद्राक्ष । रुद्राक्ष शक्ति, सम्पत्ति, शान्ति, स्वास्थ्यप्रदायकका रूपमा वर्णित र विश्वास गरिएको वनस्पती हो । भारतीयसमक्ष पनि नेपाली रुद्राक्ष शुद्ध हुन्छ भन्ने विश्वास छ । हामीले यहाँको रुद्राक्षको जङ्गलबारे प्रचार गरेर, रुद्राक्षका देवता पिण्डेश्वरबारेमा प्रचार गरेर आमभारतीयलाई आकर्षित गर्न सक्छौँ । अहिलेसम्म आमभारतीय रुद्राक्ष खरिद गर्न कोशी प्रदेश आएको पाइएको छैन, केवल केही व्यवसायीबाहेक । त्यसैले आमभारतीयलाई भोजपुर, सङ्खुवासभा जस्ता ठाउँको बोटमै रुद्राक्ष खरिद गर्ने, धरानको पिण्डेश्वरमा रुद्राक्षको जागरण गराएर धारण गर्नु पर्छ भन्ने धारणाको प्रचार गर्न सकेको खण्डमा पर्यटनको मूलधारबाट बाहिर रहेको भोजपुर जस्ता जिल्लाका गाउँले पनि पर्यटनबाट उपलब्धि लिन सक्ने थिए भन्ने आकलन गर्न सकिन्छ ।
निष्कर्ष
यसरी हेर्दा अथाह सम्भावना, प्रशस्त बजार र आवश्यक पूर्वाधार भएर पनि पर्यटनमा कोशी प्रदेश पछि परेको यथार्थ छर्लङ्ङ हुन्छ । यी सम्भावना र पूर्वाधारलाई लक्षित वर्गको पहुँचमा पुग्ने र प्रतिफल प्राप्त गर्न रणनीतिक सुधार गर्न आवश्यक छ । हामीले पर्यटनबाट उपलब्धि प्राप्त गर्न तत्काल पूर्वाधारमा भन्दा पनि रणनीति निर्माणमा ध्यान दिन र रणनीति अनुरूप योजनाबद्ध कार्य गर्न जरुरी देखिएको छ । हामीले थोरै सुधार, अलिकति थोरै सहज वातावरण र व्यापक बजारीकरण गरेको खण्डमा चाँडै पर्यटन क्षेत्रबाट प्रतिफल लिन सक्ने छौँ । पक्कै पनि भ्रमण वर्षले यसतर्फ ध्यान पु-याउने नै छ ।
(सदस्य, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशन समिति ।)