• १२ असोज २०८१, शनिबार

ट्रक दुर्घटनामा पाँच घाइते

blog

कालागाउँमा दुर्घटनामा परेको ट्रक

शिवराज ढुंगाना 

अछाम, साउन २६ गते । रामारोशन गाउँपालिकाबाट काठ बोकेको हिँडिरहेको ट्रक सडक भासिदा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

घाइतेको थप उपचारका लागि सदरमुकाम मङ्गलसेनस्थित जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ । घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका –२ बस्ने हरिसिंह भण्डारी, अछाम जिल्ला मङ्गलसेन नगरपालिका –१२ बिर्कुका अर्जुन रावल रहेका अछाम प्रहरीले जनाएको छ । घाइते हुनेमा मङ्गलसेन नगरपालिका –१२ बिर्कुकै सोही वडा निवासी कृष्ण रावल, इन्द्र रावल, शेर कुँवर रहेको अछाम प्रहरीका प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

टाउको, निधार, अनुहार आँखा, हाट खुट्टामा चोट लागेका पाँचै जनाको खतरामुक्त रहेको बताइएको छ । घाइतेको स्थानीय कालागाउँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको भण्डारीको भनाइ छ ।

ना.६.ख.८३१९ नम्बरको ट्रक उत्तिसको काठ लिएर नेपालगन्जतर्फ जानेक्रममा मङ्गलसेन नगरपालिका –१४ कालागाउँ दाइजेपानी भन्ने स्थानमा दुर्घटना भएको थियो । ट्रक कच्ची भित्री सडक खण्डबाट करिब ४० मिटर तल खसेको बताइएको छ ।