• १२ असोज २०८१, शनिबार

व्यवस्थापन प्रणालीले वनमा नयाँ आयाम

blog

वैज्ञानिक वन महासङ्घ लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न सामुदायिक वन दिवस । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन २६ गते । वन व्यवस्थापन प्रणालीले नयाँ आयाम थपेको सामुदायिक वन उपभोक्ताहरूले बताएका छन् ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउँदा पुनरुत्पादन र जैविक विविधतामा सकारात्मक परिवर्तन भएको चर्चा गर्नुभयो । 

कार्यक्रममा सहभागीले परम्परागत वन व्यवस्थापनले ढलेका रुख मात्र सङ्कलन गर्ने बिरुवा हुर्काउन समेत समस्या भएको बताउनुभयो । वैज्ञानिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा वन विज्ञ तथा कपिलवस्तुका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले बताउनुभयो ।

सामुदायिक वनले मान्छे मात्र नभएर सम्पूर्ण जीव जगतलाई फाइदा पुग्नेगरी काम गर्नु पर्ने उहाँको भनाइ छ । उहाँले परम्परागत तरिकाले व्यवस्थापन गर्दा रुख बिरुवा नहुर्किने, नयाँ बिरुवा उत्पादन नहुने, उत्पादन भएका रुख धोद्रा हुने र बुढो रुखले जति अक्सिजन फाल्यो त्यति लिने भएको हुँदा वातावरणलाई फाइदा नहुने बताउनुभयो ।

कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले वैज्ञानिक वन व्यवस्थापन विषयमा अफवाह फैलाउँदा राज्यले हेर्ने दृष्टिकोण फरक भएको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत वन संवर्द्धन प्रणाली लागु गर्न सबै सकारात्मक भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश समेटिने गरी सामुदायिक वनको सहभागिता रहेको महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष दीपक थापाले बताउनुभयो ।