• २० फागुन २०८१, मङ्गलबार

‘संसद् कानुन निर्माणमा केन्द्रित

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ १९ गते । सत्ता साझेदार र प्रतिपक्षी दलका नेताले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने प्रतिव्रिmया दिएका छन् । नेताहरूले विधेयक अधिवेशनलाई आर्थिक सुधार, सुशासन, सङ्घीयता कार्यान्वयनसहित देशमा समग्र रूपान्तरणका पक्षमा सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

शुव्रmबार संसद् बैठकपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताउँदै गहन संवादमार्फत विभिन्न विधेयकमा देखिएका विमति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले ल्याएका अध्यादेशको विरोध गर्न आवश्यक नरहेको बताउनुभयो । उहाँले आर्थिक सुधारका लागि सरकारले ल्याएको अध्यादेशमा कांग्रेसको समर्थन रहेको प्रस्ट पार्दै अघिल्लो सरकारले लगानी सम्मेलनलाई लक्षित गरी ल्याएको अध्यादेशलाई कांग्रेसले समर्थन गरेको स्मरण गर्नुभयो । 

सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने सन्दर्भमा ल्याएको विधेयक हुबहु पारित नहुने बताउँदै महामन्त्री शर्माले संवाद गरेर र परिपक्व ढङ्गले निर्णय गरेर पारित हुने प्रस्ट पार्नुभयो । उहाँले सत्ता साझेदार दल, प्रतिपक्षी, सञ्चार क्षेत्रसँग छलफल गरेर मात्रै विधेयक पारित हुने बताउनुभयो । उहाँले विधेयकमा प्रेस काउन्सिलले हेर्ने विषयमा फौजदारी मुद्दा बनाउन नमिल्ने बताउँदै अध्यादेशमा भएका विषयवस्तुका सन्दर्भमा छलफल हुने जानकारी दिनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार प्रभावकारी नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी कानुन बनाउन लागेको बताउनुभयो । उहाँले सरकारले वाक् स्वतन्त्रता नियन्त्रण गर्न कानुन बनाउँदै छ भन्ने कुरा सत्य नरहेको प्रस्ट पार्नुभयो । उहाँले वाक् स्वतन्त्रता र सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नभई अनुशासनमा राख्न अध्यादेश ल्याइएको दाबी गर्नुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानका अधिकारलाई कार्यान्वयन गर्नेतर्फ प्रतिपक्षीको भूमिका रहने प्रस्ट पार्नुभयो । भूकम्पग्रस्त क्षेत्रमा पुनर्निर्माणका प्रव्रिmया अघि बढाउन सरकारलाई दबाब दिने बताउँदै उहाँले आर्थिक सुधार, सुशासनका लागि ल्याएका सकारात्मक कुराको समर्थन गर्ने प्रस्ट पार्नुभयो । उहाँले अध्यादेश त्योभित्र छिपेका गलत विषयको विरोध गर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी र पार्टी नेतृत्वका सन्दर्भमा उठेको प्रश्नका सन्दर्भमा जवाफ खोजेर अघि बढ्ने बताउनुभयो । उहाँले संसद्मा रचनात्मक उपस्थिति रहने बताउनुभयो । हुनु पर्छ’