साहारा लिम्बू
फुङलिङ, फागुन २० गते । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ । आउँदो चैत ५ गतेदेखि हुने एसईई परीक्षाका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको हो।
जसमा भानु जनमाध्यमिक विद्यालय, सिंवा मावि लिङ्खिम परीक्षा, युवा वर्ष माध्यमिक विद्यालय दोखु, बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङ, जनता माध्यमिक विद्यालय हाङदेवा, मोती माध्यमिक विद्यालय खोक्लीङ, त्रिभुवन माध्यमिक विद्यालय थुकिमा, सिनाम माध्यमिक विद्यालय सिनामलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख युगमणि सवेन्हाङले बताउनुभयो ।
उहाँका अनुसार थेचम्बु माध्यमिक विद्यालय थेचम्बु, तेल्लोक माध्यमिक विद्यालय तेल्लोक, भन्ज्याङ माध्यमिक विद्यालय लिम्बुदिन, मैवाखोला माध्यमिक विद्यालय ढुङ्गेसाँघु, स्वारस्वारती माध्यमिक विद्यालय हाङपाङ, सिद्वकाली माध्यमिक विद्यालय दोखु, दुर्गा माध्यमिक विद्यालय फूलबारी र सरस्वती माध्यमिक विद्यालय तापेथोकलाई परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
भानु जनमाध्यमिक विद्यालयलाई लिटलबुद्ध आवासीय मावि, अक्सफोर्ड मोर्डन बोर्डिङ स्कुल, नवज्योति आवासीय मावि, कञ्चनजङ्घा आवासीय मावि, मेची सेन्टमेरिज मावि, कञ्चन एकेडेमी र वीरेन्द्र मावि देवलिङ्गेका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यहाँ २ सय ४४ परीक्षार्थीले परीक्षा लेख्नेछन् ।
सिंवा मावि लिङ्खिमलाई आदर्श मावि खेजेनिम, रविकला मावि सावादिन, खेजेनिम मावि खेजेनीम र सरस्वती मावि तापेथोकका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यहाँ ८६ विद्यार्थीले परीक्षा दिनेछन् । युवावर्ष मावि कैजलेलाई भानु मावि, नारायणी मावि साँघु, मैवाखोला मावि ढुङ्गेसाघु, (प्राविधिक धारतर्फ), सरस्वती मावि हाङपाङ र पृथ्वी मावि खाम्लुङका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यहाँ १ सय ४७ जना विद्यार्थीले परीक्षा दिनेछन् । बाल सुबोधिनी संस्कृत माविलाई भानु जनमावि, सिद्वकाली मावि दोखु र युवाबर्ष मावि कैजलेका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ। यस केन्द्रमा सबैभन्दा धेरै ३ सय १८ जना विद्यार्थीले परीक्षा दिनेछन् ।
यस्तै, जनता मावि हाङदेवालाई मयाम मावि फुरुम्बु, भानु जनमावि खुल्ला तर्फका, मोति मावि खोक्लिङ र साङ्क देछ्योलिङ गोन्पा माविका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । उक्त परीक्षा केन्द्रमा ७७ जना विद्यार्थीले परीक्षा दिनेछन् । मोति माविलाई साँवा मावि साँवा, पृथ्वीमावि खाम्लुङ र त्रिभुवन मावि थुकिमाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यहाँ १ सय १७ विद्यार्थीले परीक्षा दिनेछन् ।
१ सय ७ जना परीक्षार्थीले परीक्षा दिने त्रिभुवन माविलाई पान्दोलुङ मावि नाल्बु, लक्ष्मी मावि लिङतेप, बाल्देन मावि पापुङ, सूर्यदेवी मावि सान्थाक्रा, सुर्के मावि थुकिमा र पञ्चेश्वरी मावि लिबाङका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ। सिनाम मावि परीक्षा केन्द्रमा १ सय ४८ परीक्षार्थीले परीक्षा दिनेभएका छन् । उक्त माविलाई आम्बेगुदिन मावि रजा, शारदा मावि थुम्बेदिन, भञ्ज्याङ मावि लिम्बूदिन र तेल्लोक मावि तेल्लोकका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ।
थेचम्बु मावि परीक्षा केन्द्रलाई कालिका मावि तिरिङ्गे, कालिका मावि नाङखोल्याङ, चाक्सिबोटे मावि चाक्सिबोटे, सिद्धेश्वरी मावि डुम्ब्रीसे र सिम्बु मावि फावाखोलाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यहाँ १ सय १४ विद्यार्थीले परीक्षा दिनेछन् ।
तेल्लोक मावि तेल्लोक परीक्षा केन्द्रमा सरस्वती मावि सिकैचा, सिनाम मावि सिनाम, दुर्गा मावि सिकैचा र गणेश मावि खेवाङका ९९ विद्यार्थीले परीक्षा दिनेछन् । गणेश मावि खेवाङलाई कञ्चनजङ्घा मावि याम्फुदिन, बालकल्याण मावि सुरुम्खिम, राष्ट्रिय मावि पेदाङ र लक्ष्मी मावि मामाङ्खेका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यहाँ ८० परीक्षार्थीले परीक्षामा सहभागी हुनेछन् । भञ्ज्याङ मावि लिम्बूदिन परीक्षा केन्द्रमा सिद्धेश्वरी मावि सादेवा, सरस्वती मावि साब्लाखु, सिहेश्वरी मावि आङ्खोप र निलगिरी मावि मेहेलेका १ सय ६९ विद्यार्थीले परीक्षा दिनेछन् ।
यस्तै, मैवाखोला माविलाई नारायणी मावि साँघु, जनकल्याण मावि ढुङगेसाँघु, सिद्वकाली मावि थिङ्लाबू, महेन्द्र मावि फाकुम्बा र पार्टी डाँडा मावि फाकुम्बाका लागि परीक्षा केन्द्र तोकिएको छ । उक्त परीक्षा केन्द्रमा १ सय ३७ परीक्षार्थीले परीक्षा दिने भएका छन् । सरस्वती माविलाई चाँगे मावि चाँगे, छातेढुङ्गा मावि चाँगे, दुर्गा मावि फूलबारी र मैवाखोला मावि ढुङ्गेसाँघुका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यहाँ १ सय २१ विद्यार्थीले परीक्षा दिनेछन्। सिद्वकाली मावि दोखु परीक्षा केन्द्रमा थेचम्बु मावि थेचम्बु जनता मावि हाङदेवा र वासूदेव मावि मेदिबुङका सबैभन्दा थोरै ७४ जना विद्यार्थीले परीक्षा दिनेछन् ।
दुर्गा माविलाई सरस्वती मावि हाङपाङ, परमसिंहदेवी मावि निघुरादिन, गुप्तेश्वर मावि फुलवारी र सरस्वती मावि फुलवारीका लागि परीक्षा केन्द्र तोकिएको छ । उक्त केन्द्रमा १ सय १४ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । सरस्वती माविलाई सुनदेवी मावि इखाबु, सरस्वती च्यारिबुक मावि लेलेप, पार्वती मावि तापेथोक, सिंवा मावि लिङ्खिम र सेवालुङ मावि इखाबुका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यहाँ १ सय २० विद्यार्थीले परीक्षा दिनेछन् ।
यस वर्ष ताप्लेजुङमा साधारण, प्राविधिक धारण, नियमित र ग्रेडवृद्धितर्फ गरी जम्मा २ हजार २ सय ७२ विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।