कमला पुल पुनर्निर्माण हुँदै
हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुनर्निर्माणकाे काम सुरु गरिएको छ । माघ २ गतेदेखि नै पुनर्निर्माणकाे काम सुरु गरिएको भएपनि निर्माण कम्पनीले शुक्रबारदेखि कामको गति बढाएको हो ।
तीस लाखसहित हुण्डी कारोबार गर्ने पक्राउ
नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पारदर्शी ढङ्गले कपाली तमसुक प्रमाणीकरण गरिएको वडाध्यक्षको दाबी
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहले पारदर्शी ढङ्गले कपाली तमसुक प्रमाणीकरण गरेको दाबी गर्नुभएको छ ।
ग्यास सिलिण्डर विष्फोट हुँदा घरमा क्षति
सर्लाहीको बलरा नगरपालिका–४, बलरागोठमा शुक्रबार ग्यास सिलिण्डर विष्फोट हुँदा एउटा घरमा क्षति पुगेको छ ।
राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्नुपर्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस मनाइयो
भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक सुरुआत गर्नुभयो ।
प्रदेश विपद् ऐन संशोधन विधेयकमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल सुरु गरिएको छ ।
रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला
युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् । शुक्रबार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो ।
चिनियाँ टोली नआउँदा कलङ्की–महाराजगञ्ज सडक विस्तारको काम रोकियो
चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणको कलङ्की महाराजगञ्ज सडक विस्तारको काम सुरु हुन सकेको छैन । सडक विभागअन्तर्गतको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर कृष्णनाथ ओझाका अनुसार चिनियाँ टोली अध्ययनका लागि नआउँदा थप काम सुरु हुन नसकेको हो ।
भगवती जात्रालाई विजय उत्सवको रूपमा मनाउन माग
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाल्पाको टोलीले ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा मनाउन माग गरेका छन् ।
बुटवलको पार्किङ समस्या समाधान गर्न पहल सुरु
बुटवलको पार्किङ समस्या समाधान गर्न गठित कार्यदल पार्किङ स्थानको खोजी तथा व्यवस्थापनमा जुटेको छ ।
हरिनासको चुलिडाँडामा हेलिप्याड निर्माण
हरिनास गाउँपालिका-४ चुलिडाँडामा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । हेलिप्याड नेपाली सेना समरजीत गुल्म (आँधीखोला ब्यारेक) स्याङ्जाको प्राविधिक तथा श्रमदानमा र हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन निर्माण भएको हो ।
कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
मनाङमा फाट्टफुट्ट पर्यटक
जलवायु परिवर्तनको असर मनाङमा पनि देखिएको छ ।
विश्वकप क्रिकेट : अफगानिस्तानले पहिला ब्याटिङ गर्दै
आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
माओवादी संसदीय दलको नेता परिवर्तन
नेकपा (माओवादी केन्द) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ । शुक्रबार विहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलका नेता खगराज भट्टलाई परिवर्तन गरी मानबहादुर धामी ‘सन्तोष’ लाई चयन गरेको हो ।
कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताउनुभएको छ । शुक्रबारबाट सुरु भएको तीन दिने कृषिसम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबिच थाइल्याण्डमा भेटवार्ता हुने
चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबिच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुनेभएको छ ।
जापानमा मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल
जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।
अर्पण मगरको अध्यक्षतमा फोनिज मलेसियामा नयाँ समिति
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशनले अर्पण मगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढाउनुपर्छ : मुख्यमन्त्री कार्की
मोरङ, माघ १२ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै उहाँले प्रविधि प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री कार्कीले जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिनुभयो । उहाँले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मुख्यमन्त्री कार्कीले आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला र प्राडा हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभूति गराउनुपर्ने आवश्यकता औंल्याउँदै आपराधिक कार्यको अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशस्तरीय उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता छ । रासस
पशुलाई पीपीआरविरुद्धको खोप लगाउन सुरु
उदयपुरको उदयपुरगढी गाउँपालिकाले पशुमा देखिने सरुवा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ ।
थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ
लागू औषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।