फेरियोे निसी गाउँको स्वरुप
छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती ।
पोर्चुगल पठाउने भनी १२ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ पुस्ताले राष्ट्र निर्माणको सङ्कल्प गर्ने बेला आयो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ ।
विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबिच संवादमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनु भयो ।
पृथ्वी राजमार्ग मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डको कालोपत्रे सुरु
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको कामले गति लिन थालेको छ ।
पातमा आकृति कोरेर चम्किँदै विराज
जुम्ला चन्दननाथ नगरपालिका २ निवासी २४ वर्षीय युवा विराज भण्डारीमा पातमा चित्र र आकृति कोर्ने कला छ ।
पाश्र्ववर्ती पात्र
समय, घडी–पल या काल यो अनौठो छ । समय व्यतित हुँदै यसका बहुरङ्गी डोबहरू हाम्रो स्मृतिपटमा रङ्गिँदै जान्छन् । त्यो कसरी आयो ? कसरी भयो ? कसरी गयो ? यी यक्षप्रश्नहरू सदा अनुत्तरित छन् । तर एउटा कुरो भने पक्कै हो कि यो रुखो वर्तमानमा विगतमय स्मृतिक्षण सारै मिठा हुन्छन् ।
शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामेरा’ जडान
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।
गुल्मी कोटवासी दुःखेसो : भोट दियौँ पानी दिएन, वर्षौँदेखि खानेपानीकाे हाहाकार
निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको स्थानीयले गुनासो गरेका छन् ।
७८ औँ स्थापना दिवस मनाउँदै काँग्रेस
नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
बेगनास तालमा मोटरबोट चलाउन रोक
पोखराको बेगनास तालमा मोटर बोट सञ्चालन तत्कालका लागि रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बिहीबार परमादेशसहित अन्तरिम आदेश जारी गरेको हो ।
निकुञ्जका वन्यजन्तु समस्यामा
बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली नदीको पूर्वी भँगालो गेरुवा नदीमा पानीको सङ्कट गहिरिएको छ । वन्यजन्तुका लागि पानीको मुख्य स्रोत रहेको यही गेरुवा नदीमा एक दशकअघिसम्म प्रशस्त पानी बग्थ्यो । पानीको बहाव तीव्र थियो । पानी प्रशस्त हुँदा यस क्षेत्रमा निकुञ्जका गैँडा, हात्ती, बाघ र चराचुरुङ्गी आहाल बस्थे, पानी पिउँथे ।
हिमपातले सुन्दर देखियो खोप्रालेक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६६० मिटरको उचाइमा रहेको खोप्राडाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका हिमाल सुन्दर देखिएका छन् ।
आँखा उपचारमा ऐतिहासिक फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल
काठमाडौँ, माघ १२ गते । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ ९आरओपी०का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ । विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहिआएको जनाइएको छ । आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा ऐतिहासिक सफलता पाएको हो । काठमाडौँ उपत्यकाभित्रकै एक अस्पतालबाट ‘रेफर’ भई आएको ती शिशुको आँखाको गत पुस १० मा शल्यक्रिया गरिएको थियो । सो जटिल शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईंले भन्नुभयो, “२९ हप्तामा जन्मेको शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलोपटक हो । बुधबार फलोअप उपचारका लागि शिशुलाई अस्पतालमा ल्याइएको थियो । मैले शिशुको दुवै आँखा परीक्षण गरेँ, आँखामा सुधार हुँदै गएको छ्र वृद्धिविकास हुँदै जाँदा समस्या न्यून हुँदै जाने देखिन्छ । तर फलोअप उपचार भने गरिरहनुपर्छ ।”उहाँकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो । चिकित्सक बजगाईंले भन्नुभयो, “शिशुको दायाँ आँखाको लेजर प्रविधिबाट उपचार सफल भएपछि यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो, जुन सफल पनि भयो ।” सो शल्यक्रियामा उहाँसहित पेडाएट्रिक एनेस्थेशियोलोजिस्ट शान्ता सापकोटा सहभागी हुनुहुन्थ्यो । रेटिना विशेषज्ञ बजगाईंलाई शिशुको एलएसभी शल्यक्रिया गर्न करिब एक घण्टाभन्दा बढी समय लागेको थियो । उहाँले भन्नुभयो, “यस्ता शल्यक्रिया सफल हुन अथवा असफल हुन पनि सक्छ्र । तर मैले ती शिशुको आँखाको ज्योती जोगाउन अन्तिम पर्यत्न गरेँ जुन सफल भयो । यो मेरो जीवनका लागि पनि खुसीको क्षण हो ।” शिशुको जन्म हुँदा उनको तौल एक हजार दुई सय ग्राम मात्र रहेको बताइएको छ । जन्मिएपछि २८ दिनसम्म शिशुको एनआइसियूमा उपचार भएको थियो । जन्मेको ३४ दिनपछि आइसियूमा रहेकै अवस्थामा शिशुको आँखा उपचार गर्न आँखा अस्पताल ल्याइएको थियो । आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणका हुने गर्दछ । पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धिविकाससँगै नसाको पनि वृद्धिविकास हुँदै जाने गर्दछ्र तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ । चिकित्सक बजगाईंले भन्नुभयो, “कम तौल, गर्भावस्था ३४ हप्ताभन्दा कम, जन्मँदा अक्सिजनको उतारचढावका कारण अक्सिजन थेरापी दिइएको, शारीरिक, जन्डिस, पेटको समस्याले ती शिशुको दुवै आँखामा समस्या देखिएको रहेछ्र । गर्भावस्था ३४ हप्ता कम अथवा दुई किलोभन्दा कम वजन जन्मेका शिशुमा आरओपीका कारण अन्धोपन हुने जोखिम हुन्छ ।” आँखा उपचार सेवामा छोटो समयमा अब्बल सेवा प्रदान गरिरहनुभएका उहाँले प्रसूतीगृह थापाथलीमा जन्मेका नवजात शिशुको आँखा उपचार पनि संलग्न हुनुहुन्छ । आँखा अस्पतालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले ती शिशुको शल्यक्रियालगायत अन्य उपचारका लागि ‘एक एक पाइला फाउन्डेसन’बाट शोधभर्ना हुनेगरी अभिभावकसँग शुल्क कुनै नलिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाएको नीतिअनुसार हामी आँखा उपचार सेवालाई अब्बल बनाउने अभियानमा लागिरहेका छौँ । आगामी दिनमा अस्पतालको सेवालाई अझ विस्तार गर्दै जाने नीति लिएका छौँ ।” अस्पतालका मेडिकल रेकर्ड अधिकृत सन्तोष पौडेलका अनुसार अस्पतालले गत वर्ष सेवा पु¥याएका एक लाख ५७ हजार बिरामीमध्ये ३४ हप्ता मुनिका तीन सय शिशु रहेका थिए । तीमध्ये ३६ शिशुको ‘लेजर अभास्टिन इञ्जेक्सन’मार्फत आँखाको उपचार गरिएको थियो । यस प्रकारको उपचार सेवाका लागि पनि सर्वोत्कृष्ट मानिन्छ । आरओपी भनेको के हो त रु शिशु जन्मँदा कम तौल भएका अथवा सयम नभई चाँडै जन्मेका शिशुको आँखाका असर गर्ने रोग हो । यो रोग लागेपछि आँखाको पर्दाको रक्तनली सामान्यरुपमा बढ्न र विकसित हुन पाउँदैन । रोगले आँखाको सामान्य समस्यादेखि पर्दा फाट्नेजस्ता गम्भीर र अन्ततः दृष्टिविहीनतासम्म निम्त्याउन सक्छ । चिकित्सक बजगार्इंका अनुसार यस्ता आँखा रोगका सिकार कम तौल (दुई किलोग्राम) भन्दा कम जन्मेका नवजात शिशु, गर्भावस्था अवधि ३४ हप्ताभन्दा कम जन्मेका शिशु, जुम्ल्याहा जन्मेका तथा कृत्रिम गर्भाधानका माध्यमबाट जन्मेका शिशु तथा शारीरिक कमजोरी भएका शिशु जोखिममा हुने गर्दछन् । आरओपीको लक्षण : आरओपीको लक्षण सामान्य आँखाले देख्न सकिँदैन । विशेष उपकरणको सहायताले मात्र देख्न सकिन्छ । सामान्यतया आरओपीका लक्षणहरु जन्मेको तीन हप्ता अथवा चारहप्तापछि देखा पर्दछ । यसैले समयमा आरओपी स्क्रिरिङ गर्न आवश्यक छ । आरओपी स्क्रिरिङ कतिबेला आवश्यक छ त रु गर्भावस्था अवधि ३४ हप्ता भन्दा कम र जन्मेको शिशुको तौल दुई किलोभन्दा कम भएमा, कुनै कारणले अस्पतालमा लामो समय भर्ना भई बसेको अस्थिर स्वास्थ्यावस्था भएका शिशु, यस्ता शिशुलाई जन्मेको ३० दिनभित्र आँखा जाँच गर्नुपर्दछ । साथै २८ हप्ताभन्दा कम र १.२ किलोभन्दा कम उमेरका शिशुलाई जन्मेको २० दिनभित्र जाँच गर्नुपर्दछ । रासस
परम्परागत प्रविधि लोपोन्मुख
प्रविधिको परिवर्तनसँगै परम्परागत घरेलु प्रविधिको प्रयोगमा कमी आउन थालेको छ । प्युठानका गाउँघरमा समेत परम्परागत घरेलु प्रविधि विस्थापित बनेका छन् । चिउरीको बिजुला पेलेर घिउ निकाल्ने कोल, धान कुटेर चामल निकाल्ने ढिकी र मकै, गहुँ, कोदो पिसेर पिठो तयार गर्ने जाँतोजस्ता परम्परागत प्रविधिको प्रयोग अहिले गाउँमा कम हुँदै गएको छ । स्वर्गद्वारी नगरपालिका–५, सारीका ५० वर्षीय एमराज बुढाथोकीका अनुसार कोलमा चिउरीको बिजुला पेलेर घिउ निकालेको हिजो जस्तो लाग्छ । आधुनिक प्रविधिको विकाससँगै परम्परागत घरेलु प्रविधि र विधि विस्थापित बनेको हो ।
आवासको रकम वितरणमा ढिलासुस्ती
भूकम्पपीडितका लागि प्राप्त अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । नेपाल सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको छ । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम पाउन सकेका छैनन् । पुस माघको जाडोमा समेत भूकम्पपीडित त्रिपालमा बस्दै आएका छन् । स्थानीय तहको ढिलासुस्तीका कारण अनुदान रकम नपाएपछि भूकम्पपीडित बिचल्लीमा परेका छन् ।
कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै
कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी सङ्ख्यामा वृद्धि हुने छ । कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । त्यसलाई बढाएर तीन हजार तीन सय पुर्याउन लागिएको हो । कर्मचारीको दरबन्दी हेरफेर र थप गर्ने उद्देश्यले प्रदेशका सबै मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयको कर्मचारी दरबन्दी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने काम भइरहेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ओएनएम कार्यान्वयनका लागि प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको जनाइएको छ । योसँगै नयाँ ओएनएम तयार पार्ने बाटो खुलेको छ ।
जाडोमा निःशुल्क कपडा बैङ्क
‘न्यानो लुगा नभएर जाडोले कठ्याङ्ग्रिनुपर्ने बाध्यता भए कपडा बैङ्क जानुहोस्’ भन्ने भनाइ यहाँ प्रचलित बनेको छ । माघ १ गते बैतडी सदरमुकाममा खुलेको कपडा बैङ्कबाट पाँच दिनको अवधिमा ३५ जना गरिब र अति विपन्नले निःशुल्क रूपमा न्यानो कपडा लिएका छन् । माया घर नेपाल र बैतडीका स्थानीय युवाको अगुवाइमा कपडा बैङ्क स्थापना भएपछि आमाबुवा नभएका सहाराविहीन बालबालिका, गरिब, विपन्न तथा एकल महिलालाई कम्बल, ज्याकेट, स्वेटर, टोपीलगायत न्यानो लुगा वितरण गरिएको छ ।
चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई
भरतपुरका एक दम्पतीले आफ्नो चौरासी वर्ष पुगेको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका–२ निवासी खिमानन्द पौडेल र उहाँकी श्रीमती कौशल्या पौडेलले चौरासी पूजा गर्दा लाग्ने खर्च बराबरको रकम तीन लाख ६५ हजार रुपियाँ केन्द्रलाई सहयोग गर्नुभएको हो । भरतपुरमा परिवार तथा आफन्तहरू सहभागी एक कार्यक्रममा सहयोग बराबरको राष्ट्रिय वाणिज्य बैङ्कको चेक उहाँहरूले केन्द्रका सञ्चालक समितिका सदस्य एवं लेखाअधिकृत हरि सिलवाललाई हस्तान्तरण गर्नुभयो ।
पर्याप्त बजेट नहुँदा जनताका आशा पूरा हुन सकेनन्
पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिममा विन्ध्यवासिनी गाउँपालिका पर्दछ । यसको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकासँग सिमाना जोडिएको छ । दोस्रो स्थानीय तहको निर्वाचन
काठेपुल तरेको शुल्क पचास रुपियाँ
कैलालीको कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुलबाट ओहोरदोहोर गरेबापत ५० रुपियाँ तिर्न बाध्य छन् । स्थानीय मोहना नदीमा काठेपुल तरेबापत यतिको शुल्क तिर्ने गरेका हुन् । पुल तर्दा मोटरसाइकलसहित व्यक्तिको ५० रुपियाँ, व्यक्तिको २० रुपियाँ र साइकलसहित व्यक्तिको २५ रुपियाँ शुल्क लिइने गरिएको छ । स्थानीय स्तरमा पुलपुलेसा, बाटाघाटा निर्माण गरेर जनतालाई सेवा, सुविधा दिने मुख्य जिम्मेवारी पाएको पालिकाले ठेक्का दिएर उल्टै आर्थिक लाभ लिने गरेको छ ।
हराएका दुई भैरव मास्क नेपाल ल्याइयो
दोलखाको भीमेश्वर नगरपालिका–२, दोलखाबाट तीन दशकअघि हराएका दुई भैरव मास्क नेपाल ल्याइएको छ । २०५० फागुन २२ गते र २०५१ फागुन २४ गते हराएका ती भैरव मास्क ४ डिसेम्बर २०२३ मा नेपाल ल्याइएको लालीगुराँस क्लब दोलखाका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
ठिकठाक ‘हनुमान’
दर्शकलाई सकारात्मक सन्देश प्रवाह गर्न बजारमा थुप्रै चलचित्र आउने गरेका हुन्छन् । कति चलचित्र कथावस्तुका कारण धेरैले हेर्न रुचाउँछन् भने कतिपय चलचित्र गीत, सङ्गीत तथा छायाङ्कन गरिएको स्थलले पनि दर्शकको आँखामा पर्ने गरेका हुन्छन् । पछिल्ला दिनमा चलचित्र ‘हनुमान’ ले पनि चर्चा बटुलिरहेको छ । यसले चर्चा बटुल्नुको कारण चलचित्रको कथा, संवाद र सङ्गीत हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा