• १३ साउन २०८१, आइतबार

चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई

blog

नारायणगढ समाचारदाता 

भरतपुर, माघ १२ गते । भरतपुरका एक दम्पतीले आफ्नो चौरासी वर्ष पुगेको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका–२ निवासी खिमानन्द पौडेल र उहाँकी श्रीमती कौशल्या पौडेलले चौरासी पूजा गर्दा लाग्ने खर्च बराबरको रकम तीन लाख ६५ हजार रुपियाँ केन्द्रलाई सहयोग गर्नुभएको हो । भरतपुरमा परिवार तथा आफन्तहरू सहभागी एक कार्यक्रममा सहयोग बराबरको राष्ट्रिय वाणिज्य बैङ्कको चेक उहाँहरूले केन्द्रका सञ्चालक समितिका सदस्य एवं लेखाअधिकृत हरि सिलवाललाई हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा बोल्दै दाता पौडेलले पूजा गर्दा हुने फजुल खर्च घटाएर आफूहरूले केन्द्रलाई सहयोग गरेको बताउनुभयो । कार्यव्रmममा दाता पौडेलका छोरीज्वाइँ प्रेम रिमालले धर्मसंस्कृति पछ्याउने नाममा अहिलेको अग्रगामी परिवर्तनलाई अँगाल्न आफूहरूले चौरासी पूजाको खर्च कटौती गरेर दान गरेको बताउनुभयो । “अब हामीले पुरानो सोच बदलौँ । अग्रगामी परिवर्तनलाई पछ्याएर अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो ।  

कार्यव्रmममा बोल्दै पूर्वमन्त्री एवं संविधान सभा सदस्य विव्रmम पाण्डेले धर्म संस्कृतिको संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । “हामीले हाम्रा धर्म संस्कृति छाड्दै गयौँ भने हाम्रा मौलिकता हराउँदै जाने छ भन्नेतर्फ पनि ध्यान दिनु पर्छ,” उहाँले भन्नुभयो । कार्यक्रमका वक्ताहरूले चौरासी वर्ष पूरा गर्नुभएका खिमानन्द र उहाँकी  श्रीमती कौशल्याको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका थिए । दाता दम्पतीलाई सम्मान गरिएको सो कार्यक्रम उहाँका छोरा सुदर्शन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।