• १३ साउन २०८१, आइतबार

रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला

blog

रुस, माघ १२ गते । युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् । शुक्रबार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो ।

आपत्कालीन सेवाकाअनुसार ब्ल्याक बक्सहरू अनुसन्धानकर्ताहरूलाई हस्तान्तरण गरिएको छ । बुधबार विमान दुर्घटनामा परी ७४ जना मारिएको युक्रेनले दाबी गरेको थियो ।

विमानमा ६५ जना युक्रेनी युद्धबन्दीहरु रहेको बताइएको छ । विमानमा ६ जना क्रू मेम्बर र तीन सहायक मेम्बर रहेको बताइएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल