• १५ जेठ २०८१, मङ्गलबार

तीस लाखसहित हुण्डी कारोबार गर्ने पक्राउ

blog

काठमाडौं, माघ १२ गते । नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको अनामनगरस्थित युवराज प्रसाईको घरमा अवैध रुपमा बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटि गएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

टोलीले बिहीबार युवराज प्रसाईलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्ने क्रममा काठमाडौं–६ बौद्ध नयाँबस्तीमा विश्वास राईले भाडामा लिई प्रयोग गरेको सटर कोठाबाट गैरकानुनी तवरबाट हुण्डी कारोबार भरेको अवस्थामा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

उक्त सटर कोठाबाट अवैध नेपाली रुपियाँ तीस लाख १८ हजार, ल्यापटप दुई थान, मोबाइल पाँच थान बरामद भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार प्रसाईं र राईलाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धानरत  छ ।