• १३ साउन २०८१, आइतबार

हरिनासको चुलिडाँडामा हेलिप्याड निर्माण

blog

हेलिप्याडको हस्तान्तरण गरिँदै ।

राधाकृष्ण डुम्रे

वालिङ, माघ १२ गते । हरिनास गाउँपालिका-४ चुलिडाँडामा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । हेलिप्याड नेपाली सेना समरजीत गुल्म (आँधीखोला ब्यारेक) स्याङ्जाको प्राविधिक तथा श्रमदानमा र हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन निर्माण भएको हो । 

“एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण” गर्ने योजना अनुसार हरिनासमा हेलिप्याड निर्माण गरिएको समरजित गुल्म स्याङ्जाका गुल्मपती सेनानी दीपेश खड्काले जानकारी दिनुभयो । 

नवनिर्मित हेलिप्याडको श्री नं. ३ वाहिनी अड्डा खैरेनीटार तनहुँका बाहिनीपती गौरव कुमार केसीले पालिकाका अध्यक्ष खिमनारायण मानन्धरलाई हस्तान्तरण गर्नुभएको हो । 

हेलिप्याड निर्माण भएपछि विपद् दुर्घटना लगायत अन्य आकस्मिक अवस्थामा हवाई उद्धारको लागि सहज हुने पालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो,“ विकट गाउँ धेरै रहेको हरिनासमा हेलिप्याड निर्माण भए पछि नागरिकलाई राहत हुनेछ । 

गाउँपालिकाको नौ लाख ५५ हजारमा हेलिप्याड निर्माण सम्पन्न भएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।