• २० जेठ २०८१, आइतबार

अर्पण मगरको अध्यक्षतमा फोनिज मलेसियामा नयाँ समिति

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १२ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशनले अर्पण मगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

मलेसियाको क्वाललमपुरमा आयोजित अधिवसेनले उपाध्यक्षमा घनश्याम चौधरी (आरएन), सचिवमा ईश्वर राई, सह–सचिवमा श्रृष्टि सुनुवार, कोषाध्यक्ष मिलन दोङ् तामाङ, सदस्यहरुमा क्रमशः सविन लोप्चन तामाङ, जुद्दा चौधरी, सूर्य घर्ती मगर, सन्तोष थामी, यज्ञकुमार राई, बिन्दु दर्लामी मगर, शाहीकुमार तामाङ, सन्तोष राई निर्वाचित हुनुभएको छ । 

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरीको सभापतित्व र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष गजुर्धन राईको प्रमुख आतिथ्यतामा उदघाटनसत्र आयोजना भएको थियो । सो अवसरमा नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राईलगायत मलेसियामा स्थापित नेपाली ब्यावसायी, रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक, सामाजिक संघ संस्थाका पदाधिकारीहरुको सहभागिता थियो । 

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईको संयोजकत्वमा दिल केरुङ लिम्बू, जीवन देवान गाउँले, सुन्दर आले सदस्य रहि निर्वाचन कमिटी गठन गरिएको थियो । सो निर्वाचन कमिटीले घोषणा गरेअनुसार फोनिज मलेसियामा १३ सदस्यी नयाँ कार्यसमिति निर्वाचित भएको छ । कार्यक्रममा उपस्थित अतिथिहरुले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाइ ज्ञापन गर्नुभएको थियो ।