जोखिमपूर्ण बन्दै कालीगण्डकी कोरिडोर सडक
ठाउँ ठाउँमा गएको पहिरोका कारण कालीगण्डकी कोरिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । कोरिडोरको गैँडाकोट-राम्दी-पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो ।
एमाले खेलकुद महासङ्घ केन्द्रीय बैठकमा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्नुभएको छ । एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्नुभएको हो ।
‘जलवायु परिवर्तनबाट उत्पन्न समस्यालाई जलस्रोत विधेयकले सम्बोधन गर्नुपर्छ’
जलस्रोत विधेयक,२०८० मा जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्यालाई समावेश गर्नुपर्ने सांसदहरूले बताएका छन् ।
जनैको व्यापार फस्टाउँदो
पछिल्लो समय गाउँमा जनै बाट्ने प्रचलन हराउन थालेको छ । हिन्दु धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको हो ।
‘माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ’
सांसद जयन्तीदेवी राईले नेपालको पर्यटकीय क्षेत्रका रूपमा चिनिएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपालको विविधता सञ्चारमाध्यममा प्रतिविम्बित हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनेगरी सञ्चार माध्यममा समाचार आउनुपर्ने बताउनुभएको छ ।
अलपत्र पुल
कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका र गैँडाकोट नगरपालिका जोड्ने तरङ्गे खोलामा अलपत्र अवस्थामा रहेको पक्की पुल ।
गाईजात्रामा रुरुक्षेत्रमा सार्वजनिक बिदा
गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । सामाजिक तथा सांस्कृतिक रूपमा मनाइने पर्व गाईजात्राको अवसरमा भदौ ४ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत
गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो ।
पर्यटकको पर्खाइमा चन्डीभञ्ज्याङ सुरुङ
तानसेन नगरपालिका–११ मा रहेको चन्डीभञ्ज्याङ सुरुङ यतिबेला पर्यटकको पर्खाइमा छ । करिब सय वर्ष पुरानो सुरुङबाट तानसेनमा खानेपानी ल्याउनका लागि खनिएको थियो ।
पर्सामा ठुलो परिमाणका लागूऔषधसहित कारोबारी धमाधम पक्राउ
पर्साको ग्रामीण भेगबाट ठुलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठुलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो ।
जलवायु परिवर्तन क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छ : सांसद शेर्पा
राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बलात्कार प्रकरण : मेडिकल कलेज र अस्पतालमा चिकित्सकको प्रदर्शन जारी
भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।
युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा आगलागी
युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ ।
डेभलपमेन्ट फण्ड कार्यान्वयन गर्ने तयारी
एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतबिच अर्थ मन्त्रालयमा छलफल भएको छ ।
चलचित्र ‘नमेटिने घाउ’ शुक्रबारबाट प्रदर्शन हुँदै
तेजाब आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
कोसी कहरको १६ वर्ष : तङ्ग्रिँदै छन् पीडित
सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन् । घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किँदै छन् ।
पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । आइतबार दिउँसोबाट सुरु भएको समितिको बैठकमा जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सांसदहरुसँग छलफल भइरहेको छ ।
लाखौँ कमाइ हुने तरकारी खेतीमा रमाउँदै किसान
अब सिजन सक्किनै लाग्यो । बारीमा लहरिएको काँक्राको बोट पहेंलो हुनथाल्यो । करिब अन्तिम सिजनका काँक्रा टिपेर सूर्योदय नगरपालिका –१२ का किसान रमेश गडतौलाले झापा पठाउने तयारी गर्दै हुनुहुन्छ ।
विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल जारी
प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ । बैठकमा विधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विषयमा छलफल भइरहेको छ ।
प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त हुनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
अर्घाखाँचीमा सत प्रतिशत रोपाइँ सम्पन्न
अर्घाखाँचीमा सत प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार सकिएसँगै रोपाइँ पनि सकिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।
राष्ट्रिय सभाको बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ः१५ बजेबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधा) विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।
पाल्पा अस्पतालमा बिहान ८ देखि ओपिडी सेवा
पाल्पा अस्पतालमा बिरामीलाई सेवा छिटोछरितो सेवा दिने उद्देश्यले बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरिएको छ । ‘धेरै बिरामीहरू ओपिडीमा आउने हुँदा अस्पतालले पहिलो प्राथमिकता दिएर सेवाहरू दिँदै आइरहेको सूचना अधिकारी रेडियोग्राफर प्रमीला पाठकले बताउनुभयो ।