• २ भदौ २०८१, आइतबार

पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी

blog

आइतबार सिंहदरबारमा सुरु भएको पूर्वाधार विकास समितिको बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौँ, भदौ २ गते । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी रहेको छ ।

आइतबार दिउँसोबाट सुरु भएको समितिको बैठकमा जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सांसदहरुसँग छलफल भइरहेको छ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि सिंहदरबारमा जारी रहेको छ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तरर्गत कार्यरत कर्मचारीहरुको आन्तरिक समस्याका सम्बन्धमा र नेपालमा (इआइए/आइइई) लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्यासम्बन्धी विषयमा छलफल हुँदै छ ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा मानव मानव बेचविखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल सुरु भएको छ । आइतबार बसेको समितिबो बैठकमा सांसदहरुबिच छलफल जारी रहेको छ ।