संविधान संशोधन गर्न सकिन्छ : पूर्व राष्ट्रपति डा. यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान डायनामिक दस्ताबेज भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार इजरायल आउनुभएको छ । मध्यस्थहरूले गाजा युद्धविराम सम्झौतालाई बलियो बनाउन खोजिरहेका समय शनिबार हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका थिए ।
जनतामा जानुको विकल्प छैन : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ ।
ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाल्नुभयो कार्यभार
नेपालको सबैभन्दा ठुलो बैङ्क ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हाल्नुभएको छ ।
राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ
युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको बताएको छ । किएभमा आइतबार बिहानैदेखि हवाई आक्रमणको साइरन बजेको थियो ।
तम्घास-रिडी-खर्ज्याङ्ग सडक सुचारु
गएराति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको तम्घास-रिडी-खर्ज्याङ्ग सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
‘सञ्चार सम्बद्ध संस्थालाई समावेशी चरित्रको बनाउनुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताउनुभएको छ ।
गाउँसम्म फैलिया टर्कीको जङ्गलमा लागेको डढेलो
टर्कीको पश्चिमी बन्दरगाह सहर इज्मिरको जङ्गलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ । जसकारण सयौँ बासिन्दा विस्थापित भएका छन् ।
रेडिमेड’ले विस्थापित गर्यो हातले बुन्ने राखी
वीरगन्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा–राखी) बेच्ने गर्नुहुन्थ्यो । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्नुहुन्थ्यो ।
थाई नरेशद्वारा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन
थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा अनुमोदन गर्नुभएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आइतबार स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
पाप पखाल्न छायाँनाथ धाम
काठमाडौँको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ धाम । हिन्दु धर्मका यी महत्त्वपूर्ण चार धाम मध्येको छायाँनाथ भने अरूभन्दा ओझेलमा छ ।
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत प्रस्थान गर्नुभएको हो ।
बजारमा अभाव हुन नदिन तरकारी खेती
वर्षा लागेपछि तरकारी उत्पादन घट्दा बजारमा तरकारी अभाव छ । तरकारीको मूल्य बढेको छ । कैलालीको गौरीगङ्गा –१० भगतपुरका सीमा चौधरीको बारीमा भने यतिबेला काँक्रा, लौका, बोडी, भिण्डी, लटरम्म फलेका छन् । तीनवटा प्लाष्टिक घरभित्र रायोको साग हुर्किँदै छ ।
ग्रामीण बस्तीमा अझैपनि खाना पकाउन गोबर गुइँठाकै प्रयोग
सहरी क्षेत्रमा खाना पकाउन ग्याँस, हिटर, इन्डक्सनको अत्यधिक प्रयोग भइरहेपनि ग्रामीण भेगमा भने अझै पनि धेरै ठाउँमा दाउरा र गुइँठा प्रयोग गरी खाना पकाउने गरिन्छ ।
नेपाली हाते कागज व्यवस्थापन
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा घाममा सुकाइएको कागज व्यवस्थापन गर्दै उद्यमी महिला । नेपाली हाते कागज सरकारी कार्यालयमा लेखापढी गर्न तथा विदेशसमेत निर्यात हुँदै आएको छ ।
कानुनको व्यवहारिक कार्यान्वयनमा जोड
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश पुनमसिंह चन्दले कानुनको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
पहिरोले मध्यपहाडी लोकमार्ग बन्द
भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।
रोल्पामा पहिरोले पुरिँदा एकको मृत्यु
लगातार वर्षापछि आएको पहिरोले घर भत्किँदा रोल्पाको लिबाङमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोले लिबाङ स्थित मण्डली भत्किँदा आइतबार बिहान महिलाको मृत्यु भएको हो ।
कुटपिट गरी श्रीमतीको हत्या
महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताउनुभएको छ ।
चुलाचुली पालिकाका अधिकांश सडक कालोपत्र
चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो ।
पुराना आयोजना सम्पन्न निर्माणाधीनले गति दिँदै
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठन भएको प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । सय दिन पूरा गरेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी सरकारका ६० उपलब्धि सार्वजनिक गरिएको छ ।
सुजाता र चतुरे
सुजाता एक वर्षपछि घर फर्किन् । चतुरेलाई चौतारोमा बसेर बाटो हेरिरहेको देखिन् । सुजाताले उसलाई चार/पाँच वर्षअघि स्कुलबाट फर्र्किंदा बाटोमा एक्लै भेटेर घरमा ल्याएकी थिइन् । चतुरे नामले बोलाउन थालिन् । अनि ऊ चतुरे भयो । त्यतिबेला ऊ दुई महिना जतिको हुँदो हो । निकै दुब्लो र ख्याउटे थियो । टोलका कति मानिस सुजा
सांस्कृतिक गाउँ मार्फा (फोटो फिचर)
मार्फा परिचित गाउँको नाम हो । गाउँ तल हुँदै शान्त अनि आफ्नै गतिमा बग्ने काली गण्डकी नदी । वरिपरि पहाडले घेरिएको सम्म परेको फाँटमा गुजुमुजु परेका घरहरू । मार्फालीको जीवनशैली,भाषा,धर्म,मौलिक संस्कार, कला संस्कृति ,गुम्बा ,गुफाहरू लगायत यहाँ रहेका ऐतिहासिक सम्पदा भिन्न र सौन्दर्यको अनुपम उपहार हो ।