गट्ठाघर दुर्घटना छानबिन समिति गठन
भक्तपुरको गट्ठाघर चोकमा भएको सडक दुर्घटनासम्बन्धमा छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा भक्तपुर प्रहरीका प्रहरी नायब उपरीक्षक राजन कार्की, नागरिक समाजका तुलसीहरि कोइराला, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय राधेराधेका मेकानिकल इन्जिनियर उत्तम बस्नेत सदस्य रहनुभएको छ । समितिमा यातायात व्यवसायीका तर्फबाट पनि प्रतिनिधि रहने छन् ।
प्रचण्ड र जनार्दनबिच सवाल जवाफ
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका उपमहासचिव जनार्दन शर्माबिच पार्टी विभाजनका विषयमा सवाल जवाफ भएको छ । एउटै कार्यक्रममा उहाँहरूबिच विवाद छरपस्ट भएको हो । नेकपा (माओवादी केन्द्र) काठमाडौँ रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनको शनिबार उद्घाटन कार्यक्रममा उपमहासचिव शर्माले अध्यक्षबाट प्रचण्डलाई हटाउन खोजेको, पार्टी विभाजन गर्न खोजेकोजस्ता आरोप आफूले खेप्दै आएको भन्दै प्रचण्डप्रति आक्रोश पोख्नुभएको हो ।
उपनिर्वाचनको तयारीमा आयोग
निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ । आयोग मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्ने गरी आन्तरिक तयारीमा जुटेको हो । आयोगका प्रवक्ता रघुराम विष्टले निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसमक्ष बजेट सुनिश्चितताको प्रयास गर्नेजस्ता तयारीका काम गरिरहेको जानकारी दिनुभयो । निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तह निर्वाचन ऐन–२०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।
शीतभण्डारमा बेथितिको पराकाष्ठा : बजेटको दुरुपयोग
सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा दातृनिकाय समेतको ठुलो लगानीमा निर्मित शीतभण्डार (कोल्ड स्टोर) व्यवस्थापकीय अपरिपक्वता र राज्यकै लापरबाहीका कारण प्रयोगविहीन छन् । सातै (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) प्रदेशका विभिन्न स्थानमा निर्माण भएका शीतभण्डार केही स्वार्थ समूहको प्रभाव र केही औचित्यहीन एवं अनावश्यक स्थानमा लगानी भएका कारण प्रयोगविहीन छन् ।
हिमताल फुट्दा बाढी
माथिल्लो भेगमा रहेका दुई वटा हिमताल विस्फोट भएका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे गाउँमा ठुलो भेलबाढी पसेको पुष्टि भएको छ । काठमाडौँबाट रक्षामन्त्री मानवीर राई, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, सांसद तथा स्थानीय जनप्रतिनिधिसहितको टोलीले शनिबार हेलिकोप्टरबाट गरेको अवलोकनपछि दुई वटा हिमताल विस्फोट भएर बाढी गएको निष्कर्ष निकालेको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार थामे गाउँबाट उत्तरपूर्व ठाडो उकालो लागेपछि पाँच किलोमिटरमाथि दुई पहाडको खोँचमा लहरै जसो साना तथा मझौला आकारका पाँच वटा हिमताल छन् । तीमध्ये पहाडको भिर छुने गरी रहेको सानो हिमताल र त्यससँगै जोडिएको माथिल्लो अर्को हिमताल फुटेका छन् ।
सर्वोत्कृष्टलाई प्रमाणपत्र थमाइँदै
राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएकाको हात रित्तो हुने भएपछि मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ । यस वर्षका लागि पनि सर्वोत्कृष्ट विद्यार्थीबाट आवेदन आह्वान गरिएको छ ।
नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित
पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन् ।
‘समयको नक्साबाहिर’को विमोचन
साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ ।
उपमहासचिव शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम चिरियोः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताउनुभएको छ।
परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जानुहुँदै
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भदौ २ गते आज छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लाग्नुभएको परराष्ट्र मन्त्रालले जनाएको छ।
शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताउनुभएको छ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उहाँले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
बस्ती जोगाउन अस्थायी तटबन्ध बनाउँदै सशस्त्र प्रहरी
कपिलवस्तुको महाराजगन्ज नगरपालिका १० हर्दौना स्थित बाणगंगा नदीमा सशस्त्र प्रहरीको टोली हर्दौना गाउँ जोगाउन अस्थायी तटबन्ध निर्माण गरेको छ ।
लोमान्थाङमा गल्फ प्रतियोगिता सम्पन्न
मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा तेस्रो संस्करणको गल्फ कोर्स प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
साहित्यकार बंशीधर बज्राचार्यको दुई कृति सार्वजनिक
वरिष्ठ गीतकार तथा साहित्यकार बंशीधर बज्राचार्यको ‘नेवाः भाय् दुनेया खँ’ (ब्याकरण) र ‘लिबर्टिया देशय्’ (नियात्रा) दुई कृति सार्वजनिक भएको छ ।
छाङछाङदीमा दश लाख बढी भेटी संकलन
स्याङ्जाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङछाङदीमा साउन महिनामा १० लाख ३४ हजार ७४२ रुपियाँ भेटी सङकलन भएको छ ।
उद्योगमा विद्युत काट्नु हुँदैन : ऊर्जा मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता नतिर्ने उद्योगहरुमा विद्युत काट्नु नहुने बताउनुभएको छ।
अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्छ : स्वास्थ्यमन्त्री
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । पाल्पा जिल्ला अस्पतालद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताउनुभएको हो ।
तनहुँमा डेङ्गी सङ्क्रमित एक हजार नाघे
तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
साहित्य सन्ध्याद्वारा पुरस्कार तथा सम्मान प्रदान
साहित्य सन्ध्याले २०८० सालको ‘साहित्य सन्ध्या पुस्कार तथा सम्मान पुरस्कार’ मोरङ विराटनगरका स्रष्टा विवनारायण पण्डितलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही २१ हजार एक सय छ ।
राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्छः पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताउनुभएको छ।
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
हेटौँडा उपमहानगरपालिका वडा नं. ९, धापमा शनिवार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
झापाबाट चरनक्षेत्र विस्तार गर्दै हात्ती
झापाको मेचीनगरको बाहुँण्डागी क्षेत्रमा दैनिक दर्जनौको संख्यामा देखिने गरेका हात्तीले आफ्नो खानपीन तथा आहाराको खोजीमा नयाँनयाँ ठाँउ रोज्न थालेको पाइएको छ।
आइसियू, भेन्टिलेटर थन्काएर सर्पदंशका बिरामीको उपचार
विषालु सर्पले डसेर उपचारका लागि आउने बिरामी बढिरहँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियू र भेन्टिलेटर भने पाँच वर्षअघि खरिद गरेदेखि नै थन्काएर राखिएको छ।
पिएसजीको विजयी सुरुवात
साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हरायो ।