• १ भदौ २०८१, शनिबार

छाङछाङदीमा दश लाख बढी भेटी संकलन

blog

मन्दिर परिसरमा भक्तजनहरु ।

अर्जुन काफ्ले

स्याङ्जा, भदौ १ गते । स्याङ्जाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङछाङदीमा साउन महिनामा १० लाख ३४ हजार ७४२ रुपियाँ भेटी सङकलन भएको छ । 

साउन र यस भित्रका चार सोमबारमा भक्तजनबाट चढाइएको भेटी तथा विभिन्न शिर्षकमा नौ लाख ३४ हजार ७४२ रुपियाँ र महा आरतीबाट एक लाख रुपियाँ सङकलन भएको हो । 

सहयोग रसिदबाट एक लाख ४७ हजार ३१९ रुपियाँ, आजीवन सदस्यताबाट ९० हजार ६७८, पार्किङ सेवाबाट २५ हजार, स्टल विक्रीबाट एक लाख ३४ हजार ५०, मुल मन्दिर तथा भजन मण्डलीबाट दुई लाख १६ हजार ८८५, दानपेटिकाबाट एक लाख ४१ हजार २७५, जल धारा तथा शिव लिङ्गबाट एक लाख २५ हजार २५ रुपियाँ र दु्रत सेवाबाट १९ हजार रुपियाँ सङकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । 

सङकलित भेटी रकम खर्च कटाएर मन्दिरको विभिन्न बैंकमा रहेको खातामा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । मन्दिरमा गरिएको दैनिक महा आरतीमा हजारौँ भक्तजनको सहभागिता रहेको बताउँदै श्रेष्ठले यसअघि २०७५ सालमा पहिलो पटक महा आरती गरिएको बताउनुभयो ।

यहाँ विषेशगरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी लगायत विभिन्न पर्वहरुमा भक्तजनको सहभागिता रहने गर्छ ।