• ११ मंसिर २०८१, मङ्गलबार

गाउँसम्म फैलिया टर्कीको जङ्गलमा लागेको डढेलो

blog

टर्की, भदौ २ गते । टर्कीको पश्चिमी बन्दरगाह सहर इज्मिरको जङ्गलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ । जसकारण सयौँ बासिन्दा विस्थापित भएका छन् ।

कर्सियाका जिल्लाबाट सुरु भएको आगलागी तेस्रो दिनमा प्रवेश गरेको छ भने आगो आवासीय इलाका र एक औद्योगिक क्षेत्रमा फैलिएको छ ।

हुर्रियत दैनिकले विस्थापित नागरिकको सङ्ख्या नौ सय पुगेको जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै कुनै मानवीय क्षति नभएको बताइएको छ ।

कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले आगामी साता धेरै कम आर्द्रता, अत्यधिक हावा र उच्च तापक्रम रहने चेतावनी दिनुभएको छ । सम्भव भएसम्म बन्द क्षेत्र बाहिर आगो बाल्न नहुने सल्लाह दिनुभयो ।

युमाक्लीले शनिबार बिहान घटनास्थलमा पुगेर देशभर ७२ वटा आगलागी भएकोमा ४५ नियन्त्रणमा रहेको र बाँकी २७ वटालाई नियन्त्रण गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल