• २ भदौ २०८१, आइतबार

सुनको मूल्य हालसम्मकै उच्च

blog

काठमाडौँ, भदौ २ गते । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आइतबार स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय रुपियाँ पुगेको छ । गत शुक्रबार प्रतितोला एक लाख ४९ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन हजारले वृद्धि भएको हो ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५० ले वृद्धि भएको हो । रासस