• २ भदौ २०८१, आइतबार

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

blog

ढोरपाटन (बागलुङ),  भदौ २ गते ।  भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठुला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । रासस