रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०८०/८१ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार असार मसान्तसम्म १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० को तुलनामा १६.५ प्रतिशतले बढी हो । आव २०७९/८० मा रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने सङ्कुचन आएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
विश्वविद्यालयका उपकुलपतिको राजीनामा स्वीकृत
नेपाल संस्कृत विश्वविद्यायलका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष, अझै नियमित उडानको टुङ्गो छैन
जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो ।
शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरु
जिल्लाको शिवपुरी–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा शुभारम्भ भएको छ । राजधानी काठमाडौँबाट नजिकै पर्ने उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकनको काम शनिबारबाट सुरु गरिएको हो । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा गोरेटो बाटोसमेत बनाई प्रचारप्रसारको काम भएको हो । गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ पर्यावरण अभियन्तासमेत रहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको हो ।
लाखौँ खर्च गरिएको नारायणी नदी किनार खण्डहर
लाखौँ खर्च गरेर समुद्री तट (सी बिच) झैँ बनाउन खोजिएको नारायणी नदी किनार बाढीले खण्डहर बनाएको छ । सात वर्षयता नारायणी नदी किनारमा हरेक वर्ष एक करोड रु
सडक दुई घण्टाभन्दा बढी अवरुद्ध हुन नदिइने
देशको कुनै पनि सडक बाढीपहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको छ । यसका लागि १३५ वटा यान्त्रिक उपकरण विभिन्न सडकखण्डमा तैनाथी अवस्थामा राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । त्यसका साथै केन्द्रमा १२९ वटा उपकरण तैनाथीमा छन् ।
म्याग्दीमा महिलाको बीभत्स हत्या
म्याग्दीमा एक महिलाको बीभत्स हत्या भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
गौतम बुद्ध विमानस्थलमा उडान गर्न दुई कम्पनीको तयारी
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दुई वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अगामी कात्तिक ११ गतेदेखि सुरु हुने हिउँदे उडान तालिका अनुसार भैरहवामा उडान गर्न कुवेतको जजिरा एयर र हङ्गेरीको बिज एयरले विभिन्न छुट मागसहित उडान तालिका स्वीकृत गर्न साउन २९ गते पत्राचार गरेका हुन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जजिरा एयरले कुवेतबाट र बिज एयरले अबुधाबीबाट साताको चार/चार दिन उडान गर्न अनुमति मागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उडान अनुमतिसँगै उक्त कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, इन्धन, पर्यटन करमा छुटसमेत माग गरेकाले सरकारले निर्णय गरेलगत्तै उडानको प्रक्रिया सुरु हुने छ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,यात्रुको चाप थेग्नै कठिन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण भएका दुई वटा विमानस्थलमा नियमित उडान सञ्चालनमा आउन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बर्सेनि यात्रुको सङ्ख्या बढ्दै गएपछि यसको असर उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा पर्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नुवाकोट कारागार सञ्चालनको तयारी
उपत्यका र आसपासका कारागारमा क्षमताभन्दा बढी रहेका कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नुवाकोटमा निर्माणाधीन प्रस्तावित केन्द्रीय कारागार सञ्चालनमा ल्याउने तयारी गरेको छ । काठमाडौँ सुन्धारस्थित केन्द्रीय कारागार (जगन्नाथ देवल) डिल्लीबजार कारागार र ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी रहेका कैदीबन्दीलाई स्थानान्तरण गर्ने योजना अनुरूप नुवाकोट कारागार सञ्चालन गर्ने तयारी भएको हो । कारागार व्यवस्था विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार एक हजार ३७० क्षमताको निर्माणाधीन नुवाकोट कारागार तत्काल सञ्चालन गर्ने गरी विभागले प्रक्रिया अघि बढाएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा : ऐन आएको छ वर्षमा कार्ययोजना बन्दै
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन आएको छ वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनको कार्ययोजना बनाएको छ । मन्त्रालयले तयार पारेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, २०८१ को मसौदालाई पूर्णता दिन मन्त्रालयले सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेको छ । कार्ययोजनामा सङ्घ, प्रदेश र स्थानीय तहसँगको साझेदारीमा बालबालिकामा विद्यालय शिक्षाको सहज पहुँच विस्तारका लागि विभिन्न व्रिmयाकलाप गरिने उल्लेख छ ।
विकास बजेट कर्मचारी कल्याणकारी कोषमा
सङ्घ र प्रदेश सरकारले विकास निर्माणका लागि स्थानीय तहमा पठाएको समानीकरण अनुदानको रकम स्थानीय तहले कर्मचारी कल्याणकारी कोषमा जम्मा गर्ने गरेका छन् । आफ्नै आन्तरिक स्रोत नहुने अधिकांश स्थानीय तहले विकास निर्माणका लागि आएको सो रकम कर्मचारी अवकाश हुँदा खर्च गर्ने गरी कल्याणकारी कोषमा जम्मा गर्ने गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सेवाको आफ्नै दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीलाई खाइपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबर हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने व्यवस्था छ तर उक्त रकम सङ्घ, प्रदेश वा स्थानीय तह कुन निकायले कहाँ जम्मा गर्ने भन्ने कानुनमा स्पष्ट व्यवस्था छैन ।
विपद् व्यवस्थापन सम्बन्धी संशोधन विधेयक पारित
सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ।
पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा
पाल्पाको ऐतिहासिक लाखे नाच शनिबार राति पोखरामा प्रदर्शन भएको छ । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरको आयोजनामा उक्त नाच प्रदर्शन गरिएको हो ।
सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा
सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता (एआई) को विकास गरिरहेको घोषणा गरेको छ ।
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
प्रहरीले बैकिङ कसुरमा फरार प्रतिवादी ३७ वर्षीय महेशचन्द्र यादवलाई पक्राउ गरेको छ ।
दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले हिमताल विस्फोट र क्षतिबारे जानकारी लिनुभयो
प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिनुभएको छ ।
सालकका खपटा र हाडखोरसहित ६ जना पक्राउ
मोरङको इलाका प्रहरी कार्यालय पथरीले आइतबार ठूलो परिणाममा लोपोन्मुख बन्यजन्तु सालकको खपटा र लागुऔषध खैरो हिरोइनको कारोवार गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सञ्चार माध्यमले विज्ञापनको दररेट विज्ञापन बोर्डमा पेश गर्नुपर्ने
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजारलाई पारदर्शी र व्यवस्थित बनाउने प्रक्रिया सुरु भएकाले सञ्चार माध्यमले भदौ ८ गतेभित्र विज्ञापनको दररेट विज्ञापन बोर्डमा पेश गर्नुपर्ने बताउनु भएको छ ।
काभा यु–२० भलिबल : १८ खेलाडी बन्द प्रशिक्षणमा
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को आयोजनामा अक्टोबर ३ देखि ९ तारिखसम्म श्रीलङ्कामा आयोजना हुने यु–२० भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल सङ्घले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
राष्ट्रिय सभा बैठक: सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । आज महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकनपछि उहाँले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो ।