• २ भदौ २०८१, आइतबार

बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ

blog

काठमाडौं, भदौ २ गते ।  प्रहरीले बैकिङ कसुरमा फरार प्रतिवादी ३७ वर्षीय महेशचन्द्र यादवलाई पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार सप्तरीका यादव आइतबार पक्राउ परेका हुन् । 

सप्तरीको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ बस्ने यादवलाई काठमाडौंको गांगबु म्याग्दिचोकबाट पक्राउ गरेर अनुसन्धानका लागि यादवलाई  जिल्ला प्रहरी कार्यालय, सप्तरी पठाइएको छ ।