• २ भदौ २०८१, आइतबार

सालकका खपटा र हाडखोरसहित ६ जना पक्राउ

blog

हरि कोइराला

उर्लाबारी, भदौ २ गते । मोरङको इलाका प्रहरी कार्यालय पथरीले आइतबार ठूलो परिणाममा लोपोन्मुख बन्यजन्तु सालकको खपटा र लागुऔषध खैरो हिरोइनको कारोवार गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

नेपाल र भारतमा बसेर खैरो हिरोइन र सालकको खपटाको कारोबार गर्नेहरूलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी बुधबार स्थानीय जनप्रतिनिधि र मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीको रोहवरमा सार्वजनिक गरेको हो ।  

इलाका प्रहरी कार्यालय पथरीले सालकका खपटाको ब्यापार गर्नेलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो । प्रहरीले पत्रकार सम्मेलनमा लोपोमुन्ख बन्यजन्तु सालकको हाडखोर र खपटा सहित पक्राउ परेकालाई समेत सार्वजानिक गरेको छ ।

प्रदेश १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार मोरङको रङ्गेली – १ का ४५ वर्षीय गगन गच्छदार र कन्चनपुर नगरपालिका ५ सप्तरी बस्ने वर्ष ३५ बासुदेव सरदारलाई ८५० ग्राम खपटा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


यस्तै रामपुर ३ उदयपुरको गिदेरी खोला बगरमा ४ केजी ५८४ ग्रम खपटा सहित बेलका ३ उदयपुरका ४८ वर्षीय कृष्णराज मगर, वडा न. ६ बस्ने डिक बहादुर पूर्वछाने मगर र सप्तरीको  कृष्ण सरवन गाउँपालिका वडा न. १ का ५५ वर्षीय उमेशप्रसाद चौधरीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई कानूनी कार्यवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक मोहनबिक्रम दाहालले बताउनुभयो । 

यसैगरी छोटो समयमा पहरीले पथरीशनिश्चरे क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार  साउन ३१ गते बिहीबार बेलुका भारतको बिहार प्रान्त अररिया जिल्ला कुवाडी थाना ग्राम कुवाडी वडा न. ९ बस्ने २४ वर्षीय मिथिलेस कुमार मण्डल, २६ वर्षीय भाष्कर कुमार शर्मा र २५ वर्षीय सौरभ पासवानलाई १० ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जनाएको छ । 

एउटै गाउँका उनीहरूले प्रयोग गरेको बिआर ३८ एल ९३०९ भारतीय नम्बरको मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिनुभयो । 

यस्तै साउन २० गते बिहीबारकै दिन पथरीशनिश्चरे नगरपालिका वडा न. १० बाट बिआर ३८ डि ७८८९ भारतीय नम्बरको मोटरसाइकलमा ७ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित रङ्गेली नगरपालिका वडा न. ७ का २४ वर्षीय अभय कुमार भाष्कर र सुनवर्षी नगरपालिका वडा न. ७ का १९ वर्षीय  हयत अलिलाई पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । 

पथरीशनिश्चरे नगरपालिका वडा न. ८का २५ वर्षीय दिपेश माझीलाई साउन २१ गते ४ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । यसैगरी प्रहरीले साउन १९ गते कानेपोखरी गाउँपालिका वडा न. २ बाट भारत अररियाका २१ वर्षीय मोहम्मद ईसराकलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउनसुगर सहित उनले प्रयोग गरेको बिआर ३८ डि एदि ४१३५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको थियो ।

यस्तै साउन ३० गते पथरीशनिश्चरे नगरपालिका वडा न. ४ का ३२ का सिमन परियारलाई ६ हजार ६ सय डिकोलिक र १ हजार १ सय १० चक्की ट्रमाडोल सहित लागुऔषध बोक्न प्रयोग भएको को २ ह १६१५ नम्बरको टेम्पो सहित नियन्त्रणमा लिएको छ । यति ठूलो परिणाममा लागुऔषध मगाउने हेमराज चन्द्रबंशी भने फरार रहेको प्रहरीले जनाएको छ ।