• २ भदौ २०८१, आइतबार

काभा यु–२० भलिबल : १८ खेलाडी बन्द प्रशिक्षणमा

blog

काठमाडौँ, भदौ २ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को आयोजनामा अक्टोबर ३ देखि ९ तारिखसम्म श्रीलङ्कामा आयोजना हुने यु–२० भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल सङ्घले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

सङ्घले बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा गण्डकीबाट सरोज बर्देवा, सूर्य विक, विश्वास अधिकारी, सुक्सन थापा, सौरभ फुन्जेली, जितबहादुर सार्की, लेसमन राहादी, रेशम विक, सागर रसौली, दिपेश कुँवर, सुनिल बेहोरा, सुरेश मल्ल, अर्जुन नेपाली, अशोक राना, अभिषेक थापा, शैलेन्द्र यादव, सुजन सुनार र पहल गहतराज हुनुहुन्छ । 

नेपाली टोलीको बन्द प्रशिक्षण भदौ ८ गतेबाट सुरु हुने भलिबल सङ्घले जनाएको छ ।