• २ भदौ २०८१, आइतबार

राष्ट्रिय सभाको बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, भदौ २ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ः१५ बजेबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधा) विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, कानुनमन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता मारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने छ ।