• २ भदौ २०८१, आइतबार

जलवायु परिवर्तन क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छ : सांसद शेर्पा

blog

नेकपा (एमाले)का सांसद सोनम गेल्जेन शेर्पा आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ २ गते । राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मजबुत भई मुद्दा उठाउनुपर्ने जानकारी दिनुभयो ।

सांसद शेर्पाले अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसुचित गर्न नसक्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको जानकारी दिनुभयो ।

सांसद शेर्पाले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय रूपमा दह्रोसँग उपस्थित हुनेगरी अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुटाउनुपर्ने जिकिर गर्नुभयो ।