• २ भदौ २०८१, आइतबार

डेभलपमेन्ट फण्ड कार्यान्वयन गर्ने तयारी

blog

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गैरआवासीय नेपाली संघका पदाधिकारीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २ गते । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतबिच अर्थ मन्त्रालयमा छलफल भएको छ ।

सो अवसरमा २०८१ भदौ तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको छ । नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली सङ्घको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपियाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो । 

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी रहने बताइएको छ ।