• २ भदौ २०८१, आइतबार

प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले

blog

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्लेलाई नियुक्तिपत्र दिनुहुँदै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

राममणि दाहाल

हेटौँडा, भदौ २ गते । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त हुनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरिएको हो । नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

काफ्लेलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र प्रदान गरिएको छ । दोलखा जिल्ला तामाकोशी गाउँपालिका –३ का काफ्ले २५ वर्षदेखि कानुन व्यवसायमा संलग्न हुनुहुन्छ ।